२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएउटै गाउँमा २७ जनाको परीक्षणमा गर्दा नौ जनामा संक्रमण पुष्टि

एउटै गाउँमा २७ जनाको परीक्षणमा गर्दा नौ जनामा संक्रमण पुष्टि


जुम्ला – जुम्लाकोे तातोपानी गाउँपालिका – ६ रावतवाड गाउँमा २७ जनालाई कोरोना लक्षण गरेपछि ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गाउँमा दुईदर्जन बढी बिरामी थिए । सबैलाई एन्टीजेन परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोभिड-१९सँग मिल्दाजुल्दा लक्षण भएका बिरामी फेला परेको वडाध्यक्ष विशाल खड्काले बताए । उनले भने, ‘गाउँमा सिकिस्त बिरामी मध्ये २० जनालाई पिसिआर परीक्षणका लागि कोभिड अस्पतालमा पठाइएको छ । गाउँमा एक सातादेखि बिरामी पर्ने संख्या बढिरहेको हो ।’

बिरामी परेका नागरिकमा खोकी लाग्ने, टाउको दुख्ने, हाडजोर्नी दुख्ने, ज्वरो आउने, खाना नपच्ने, पातलो दिसा हुने जस्ता लक्षण छन् । वडाध्यक्ष खड्काले भने, ‘गाउँमा बिरामीको संख्या बढ्न थालेपछि वडापालिका निकै संवेदनशील बनेको छ । बिरामीको घरदैलोमा जाने, बिरामी भेट्ने र औषधि उपचार र कोरोना परीक्षणका लागि अस्पताल सम्म लैजाने गरिएको छ ।’

उनले ५५ घरधुरीमा झण्डै ३५ जना बढीमा यो लक्षण देखिएको बताए । बिरामीको उपचारका लागि अहोरात्र खटिरहेका छौँ ।’ यो रोगको पहिचान गरेर रोग अनुसारको औषधि प्रदान गरिने उनले बताए ।

सिकिस्त हुनेमा ४० वर्षका देखि ७० वर्ष समूहका रहेका छन् । केही समयअघि रावतवाडमा काठमाडौँ, सुर्खेत, भोजपुर लगायतका जिल्लाबाट मानिसहरु भित्रिएका थिए । स्थानीय तहले समयमै ध्यान नदिदाँ उक्त गाउँमा महामारी फैलिँदै गएको स्थानीयले आरोप लगाएका छन् । बिरामीका कारण गाउँमा ५० प्रतिशत घरधुरी प्रभावित भएका छन् ।

तातोपानी गाउँपालिका स्वास्थ्य संयोजक गुरुप्रसाद चौलागाईका अनुसार गाउँमा बिरामी भएको थाँहा पाएपछि आजै (मंगलबार) २७ जनालाई एन्टीजेन परीक्षण गर्दा ९ जना कोरोना संक्रमण देखिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ