२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा ३१ जेठसम्म लम्बियो

काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा ३१ जेठसम्म लम्बियो


काठमाडौँ – काठमाडौँ उपत्यकामा थप १० दिनका लागि निषेधाज्ञा थप गरिएको छ। काठमाडौँ,भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बुधबार बसेको बैठकले १० दिनका लागि निषेधाज्ञा थप गरी ३१ जेठसम्म लम्ब्याउने निर्णय गरेको हो ।

उक्त बैठकले फलफुल पसल, किराना पसल, मासु, दुध र ग्यासको पसल, स्टेशनरी र डिपार्टमेन्ट स्टोर विहान ९ बजेसम्म खुल्न दिइने निर्णय गरेको छ । त्यस्तै, निर्माण सामग्री ढुवानी गाडी रातिको समयमा चल्न दिइने निर्णय भएको जनाइएको छ ।

यसअघि जेठ १४ देखि लगाइएको निषेधाज्ञा जेठ २० गते राति १२ बजेबाट सकिँदैछ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ