२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचार‘नेपाल भेरियन्ट’ पुष्टि भएको छैन : विश्व स्वास्थ्य संगठन

‘नेपाल भेरियन्ट’ पुष्टि भएको छैन : विश्व स्वास्थ्य संगठन


काठमाडौँ – विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले  नेपालमा नयाँ भेरियन्ट पत्ता लागेको अवागत नभएको जनाएको छ। बिहिबार संगठनले सामाजिक संजाल ट्वीटमार्फत नेपालमा नयाँ भेरियन्टबारे जानकारी नभएको उल्लेख गरेको हो।

विश्व स्वास्थ्य संगठन नेपालले सामाजिक संजाल ट्वीटमार्फत भनेको छ, ‘नेपालमा सार्स–कोभ–२ को नयाँ भेरियन्ट फेला परेको भन्ने कुरामा विश्व स्वास्थ्य संगठन अवागत छैन । तीनवटा पुष्टि भएका भेरियन्ट (बी.१.१.७), डेल्टा (बी.१.६१७.२) र कप्पा (बी.१.६१७.१) हुन् । ती तीन भेरियन्टमध्ये नेपालमा हाल सक्रिय रहेको भेरियन्ट डेल्टा (बी.१.६१७.२) हो ।

विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधी राजेश सम्भाजीराव पाण्डवले हेल्थ आवाजसँगको इमेल सम्पर्कमार्फत नेपालमा अहिलेसम्म छुट्टै किसिमकाे भेरियन्ट प्रमाणित नभएकाे जानकारी दिए।

यसअघि अंग्रेजी पत्रिका डेली मेलले नेपालमा नयाँ भेरियन्ट पुष्टि हुँदा आफुहरुको बेलायती विदामा असर पुगेको भन्दै कभर स्टोरी प्रकाशित गरेको थियो।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ