२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य मन्त्रालयले भन्यो, ‘नेपाल भेरियन्ट’ भेटिएको छैन, भ्रामक सूचना सम्प्रेषण नगरौँ’

स्वास्थ्य मन्त्रालयले भन्यो, ‘नेपाल भेरियन्ट’ भेटिएको छैन, भ्रामक सूचना सम्प्रेषण नगरौँ’


काठमाडौँ – स्वास्थ्य मन्त्रालयले नेपालमा कोभिडको छुट्टै नयाँ भेरियन्ट फैलिएको भन्ने लेखहरुमा कुनै सत्यता नभएको जनाएको छ। विभिन्न अन्तर्राष्ट्रिय संचारमाध्यममा नेपालमा छुट्टै नयाँ भेरियन्ट फैलिएको भन्ने समाचार आएपछि बिहिबार मन्त्रालयले सूचना जारी गर्दै त्यसमा कुनै सत्यता नभएको जनाएको हो।

मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले अहिलेसम्म नेपालमा छुट्टै भेरियन्ट पुष्टि नभएको बताएका छन्। उनले स्वास्थ्य मन्त्रालयको आधिकारिक जानकारी नलिई भ्रामक समाचार सम्प्रेषण नगर्न आग्रह समेत गरेका छन्।

हाल नेपालमा भाइरस अफ कन्सर्न अन्तरर्गत अल्फा र डेल्टा भेरियन्ट मात्र देखिएको मन्त्रालयले जनाएको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ