२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचार‘कोभिड विशेष नर्स समूह’ले सातै प्रदेशमा निःशुल्क परामर्श दिँदै

‘कोभिड विशेष नर्स समूह’ले सातै प्रदेशमा निःशुल्क परामर्श दिँदै


काठमाडौँ-नर्सहरुले कोभिड-१९ महामारी नियन्त्रणका लागि सातैवटा प्रदेशमा निःशुल्क परामर्श दिँदै आएका छन् । स्वास्थ्य विभाग अन्तरर्गत नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाको समन्वयमा ‘कोभिड विशेष नर्स समूह’ बनाएर उनीहरुले सातवटै प्रदेशमा निःशुल्क कोभिड-१९ परामर्श दिँदै आएका हुन् ।

कोभिड-१९ विषम परिस्थितिमा यसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरिरहेको काम र स्वास्थ्य प्रणालीलाई अझै बलियो पार्न सहयोग गर्नका लागि काउन्सलिङ सुरु गरेको उक्त समूहकी प्रदेश संयोजक सृष्टि आचार्य बताउँछिन्। उनको अनुसार कोभिड उपचार सम्बन्धि सही सूचना नपाउँदा बिरामी दुविधामा पर्ने, चिकित्सकको सल्लाह बिना औषधी प्रयोग बढ्ने गरेकाजस्ता समस्यालाई कम गर्न सो समूह निरन्तर लागि परेको छ।

‘गत २६ वैशाखदेखि हामीले ‘कोभिड विशेष नर्स समूह’ स्थापना गरेका हौं। अहिले हामी सक्रिय रुपमा सेवा दिइरहेका छौं’, उनले भनिन् ।

उक्त समूहले दैनिक फोनबाट परामर्श दिने बाहेक होम आइसोलेसन, संस्थागत आइसोलेसन र स्ट्रेस म्यानेजमेन्टको तालिम समेत दिइरहेको छ । संयोजक आचार्यकाअनुसार यस समूहले प्रत्येक प्रदेशमा एक-एकजना प्रदेश संयोजक र परामर्शकर्ता  तोकेर टेलिफोन, मोबाइल, सामाजिक संजालमार्फत निरन्तर सेवा दिइरहेको छ । ७वटै प्रदेशमा मात्र नभई छिटै प्रत्येक जिल्लामा  एक/एकजना परामर्शकर्ता राख्ने योजना रहेको उनले सुनाइन ।

‘पहुँच र फण्ड त्यति नभए पनि थोरै संख्यामा पनि हामीले गुणस्तरीय सेवा दिन दिइरहेका छौं । हाम्रो उद्देश्य भनेको पनि यस महामारीमा अस्पतालसम्म पुग्न नसकेका बिरामी र दुविधामा परेका बिरामीले गुणस्तरीय सेवा पाउन भन्ने नै हो,’ उनले भनिन् । उनकाअनुसार अहिलेसम्म उनको समूहले ७ वटै प्रदेशमा बिरामी तथा बिरामीका आफन्त गरी लगभग ८ सय हाराहारीलाई सेवा दिइसकेको छ ।

छोटो अवधिमा पनि यति धेरै संख्यामा पहुँच पुग्दा समूलाइ निकै हौसला र सन्तुष्टि मिलेको उनको भनाइ छ । ‘हामी एकपटक जोडिएका बिरामीहरुलाई आफैले पनि आवश्यक परेको खण्डमा फलोअप पनि गर्ने गर्छौं,’ संयोजक आचार्यले भनिन्, ‘सेवा लिइरहेकाहरुबाट निकै सकारात्मक प्रतिक्रिया आइरहेको छ, जसले हामीलाई अझ यस्ता काम गर्न प्रोत्साहित गरिरहेको छ ।’

यतिमात्र नभएर वहुभाषिक समुदायलाई मध्यनजर गरी नागरिकलाई सहज रुपमा सेवाका बारेमा बुझाउनको लागि विभिन्न भाषामा पनि परामर्श दिने प्रयास भैरहेको संयोजक आचार्यले बताइन् ।

यस समूहमा नेपाल नर्सिङ्ग परिषदबाट लाइसेन्स प्राप्त नर्सहरु आवद्ध छन् । जसमा अग्रपंक्तिका कर्मचारी,मास्टर पढ्दै गरेका र सकेर बसेका नर्स, नर्सिङ शिक्षक र अन्य क्षेत्रमा कार्यरत नर्स-हरु मिलेर सेवा दिइरहेका छन्। सुरुमा २० जनाबाट सुरु भएको समूहमा धेरैजना जोडिसकेको र धेरैले सेवा गर्न इच्छा व्यक्त गरेको देख्दा काम गर्न झनै उर्जा प्राप्त भैरहेको उनको भनाइ छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ