२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारखोप लक्ष्य समूह पहिचान गर्न मतदाता नामावली स्वास्थ्य मन्त्रालयलाई उपलब्ध गराइने

खोप लक्ष्य समूह पहिचान गर्न मतदाता नामावली स्वास्थ्य मन्त्रालयलाई उपलब्ध गराइने

स्वास्थ्य क्षेत्र व्यवस्थापन सुधारका लागि विश्व बैकको ५० मिलियन डलर सहुलियत ऋण स्वीकार


काठमाडौं–सरकारले कोभिड–१९ विरुद्धको खोप लक्ष्य समूह पहिचान गर्न निर्वाचन आयोगमा रहेको मतदाता नामावली स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई उपलब्ध गराउने भएको छ । बिहीबार मन्त्रिपरिषद्ले विविध मितिमा गरेका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार, सूचना तथा सञ्चारमन्त्री पार्वत गुरुङले उक्त जानकारी दिएका हुन् ।

‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा कोभिड–१९ विरुद्धको खोपको लक्ष्य समूह पहिचान गर्नका लागि निर्वाचन आयोगमा रहेको मतदाता नामावली स्वास्थ्य मन्त्रालयमा उपलब्ध गराउने निर्णय भएको छ,’ प्रवक्ता गुरुङले भने ।

यस्तै, अर्थ मन्त्रालयको प्रस्तावमा चीन सरकारबाट अनुदान सहायतामा प्राप्त हुने ३ हजार ५ सय थान अक्सिजन सिलिण्डर र १० थान भेन्टिलेटर स्वीकार गर्ने निर्णय मन्त्रिपरिषदले गरेको छ ।

अर्थकै प्रस्तावमा स्वास्थ्य क्षेत्र व्यवस्थापन सुधार आयोजनाका लागि विश्व बैकबाट प्राप्त हुने ५० मिलियन डलर सहुलियतपूर्ण ऋण सहायता स्वीकार पनि सरकारले गरेको छ । उसले त्यसका लागि अर्थ मन्त्रालय अन्तर्राष्ट्रिय आर्थिक समन्वय महाशाखाका सहसचिवको संयोजकत्वमा ६ सदस्सीय वार्ता टोली गठन गर्ने निर्णय पनि गरेको छ ।

गृहमन्त्रालयको प्रस्तावमा प्रमुख जिल्ला अधिकारीलाई कोभिड–१९ को प्रतिकार्य अधिकारी मुकरर गर्ने निर्णय गरेको मन्त्री गुरुङले जानकारी दिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ