२०७८ जेठ ३१, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारबालबालिकाका लागि २० प्रतिशत शैय्या तयारी अवस्थामा राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन

बालबालिकाका लागि २० प्रतिशत शैय्या तयारी अवस्थामा राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन


काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पतालहरुलाई २० प्रतिशत शैय्या कोभिड-१९ संक्रमित बालबालिकाको उपचारमा प्रयोग हुने गरी छुटाउन अनुरोध गरेको छ। शुक्रबार मन्त्रालयको गुणस्तरमापन तथा अनुगमन महाशाखा प्रमुख डा. मदन कुमार उपाध्यायले सबै अस्पताल तथा स्वास्थ्य संस्थालाई कम्तिमा २० प्रतिशत शैय्या कोभिड-१९ बालबालिकाको उपचारका लागि तयारी अवस्थामा राख्न निर्देशन दिएका छन् ।

उनले कोभिड-१९को प्रथम लहरले अत्याधिक मात्रामा प्रौढ र युवाहरु संक्रमित भएको हुँदा व्यवस्थापन सम्बन्धि तयारी युवा लक्षित मात्र हुन पुगेको  उल्लेख गरेका छन् ।

‘दोस्रो लहर जस्तै पुन: तेस्रो र चौथो लहर पनि आउन सक्ने र त्यस समय बढी संक्रमण बालबालिकामा देखिन सक्ने अवस्थालाई मध्येनजर गर्दै आफ्नो स्वीकृत शैय्याको कम्तिमा २० प्रतिशत शैय्या कोभिड-१९ संक्रमित बालबालिकाको उपचारमा प्रयोग हुने गरी  तयारी अवस्थामा राख्न हुन अनुरोध छ, ‘डा. उपाध्यायले भने ।

यस्तै, मन्त्रालयले अक्सिजनको व्यवस्थापन गर्न पनि अनुरोध गरेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)