२०७८ असार ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचार८२४३ जना संक्रमणमुक्त, ५०४२ जनामा कोभिड-१९ संक्रमण

८२४३ जना संक्रमणमुक्त, ५०४२ जनामा कोभिड-१९ संक्रमण


काठमाडौं-नेपालमा थप ५ हजार ४२ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ५ हजार ४२ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा अहिलेसम्म कोभिड-१९ बाट संक्रमित हुनेको संख्या ५ लाख ८५ हजार १ सय पुगेको छ ।

पछिल्लो २४ घण्टामा ८ हजार २ सय ४३ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । अहिलेसम्म नेपालमा कोभिड-१९ संक्रमणमुक्त हुनेको संख्या ४ लाख ८४ हजार ३ सय ७३ छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोभिड-१९ संक्रमणबाट ६८ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा अहिलेसम्म कोभिड-१९ बाट मृत्यु हुनेको संख्या ७ हजार ७ सय ९९ पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)