२०७८ असार १०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडेनमार्कले एस्ट्राजेनिकाको १४ लाख डोज खाेप नेपाललाई दिंदै

डेनमार्कले एस्ट्राजेनिकाको १४ लाख डोज खाेप नेपाललाई दिंदै


काठमाडौँ – डेनमार्कले एस्ट्राजेनिकाकाे १४ लाख डोज खाेप नेपाललाई अनुदानमा दिने भएको छ। डेनिस सरकारले युनिसेफमार्फत १४ लाख खाेप नेपाललाई अनुदानमा दिन लागेको आपुर्ति व्यवस्था महाशाखाका निर्देशक डा. भिम सिहं तिंकरीले जनाए।

सो खोप अनुदानमा आउने तर कहिलेसम्म आइपुग्छ भन्ने टुंगो नलागिसकेको उनले जानकारी दिए। निर्देशक तिंकरीले भने, ‘१४ लाख डोज अनुदानमा दिने बताइएपनि खोप कहीले दिने भन्ने विषयमा भने पत्र अहिले आइसकेको छैन।’

उनका अनुसार युनिसेफलाई स्वास्थ्य सेवा विभागले खोप खपत गर्न सक्ने जनाएको छ। एस्ट्राजेनिकाकाे खाेप काेभिशिल्ड लगाएकाहरुलाई पनि लगाउन मिल्ने बताइएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)