२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यकर्मीको जोखिम भत्ताका लागि १ साताभित्र विवरण पठाउन स्वास्थ्य मन्त्रालयको निर्देशन

स्वास्थ्यकर्मीको जोखिम भत्ताका लागि १ साताभित्र विवरण पठाउन स्वास्थ्य मन्त्रालयको निर्देशन


काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई ५० प्रतिशत भत्ता उपलब्ध गराउन विवरण माग गरेको छ।

मन्त्रालयले आइतबार पत्राचार गरी सबै सरकरी अस्पताल, प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सामाजिक विकास मन्त्रालय र स्थानीय तहलाई कोभिड-१९ उपचारमा खटिएका स्वास्थ्यकर्मी र अन्य कर्मचारीको विवरण माग गरेको हो।

मन्त्रालयले सम्झौता वा सञ्चालन गर्ने निर्णय, बिरामीको रियल टाइम रिपोर्टिङ, ड्युटीमा खटिएकाहरु मात्र ड्युटी लिष्ट र ड्युटीमा खटिएकाहरुको मात्र तलबी भर्पाई विवरण माग गरेको हो।

सो विवरण एकसाताभित्र बुझाइसक्नु पर्ने मन्त्रालयले जनाएको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ