२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथपिए ३४७९ जनामा कोभिड-१९ पुष्टि, ९९को मृत्यु

थपिए ३४७९ जनामा कोभिड-१९ पुष्टि, ९९को मृत्यु


काठमाडौँ – नेपालमा थप ३ हजार ४ सय ७९ जनामा कोभिड-१९ पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार थप ३ हजार ४ सय ७९ जनामा कोभिड-१९ पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाभित्र १ हजार १ सय ३१ जनामा संक्रमण देखिएको छ। काठमाडौंमा ७ सय ३१, भक्तपुरमा १ सय ४६ र ललितपुरमा २ सय ५४ जनामा संक्रमण देखिएको हो।

 पछिल्लो २४ घण्टामा थप  ६ हजार ६३६ निकाे भएको मन्त्रालयले जनाएको हो ।

यस्तै, पछिल्लो २४ घण्टामा थप ९९ जना संक्रमितको मृत्यु भएको छ । हाल सक्रिय संक्रमितको संख्या ८९ हजार २ सय १७ रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ