२०७८ असार ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमुटु रोग विशेषज्ञ डा. विकास सुवेदीको कोभिड-१९ संक्रमणबाट निधन

मुटु रोग विशेषज्ञ डा. विकास सुवेदीको कोभिड-१९ संक्रमणबाट निधन


काठमाडौं-मुटु रोग विशेषज्ञ डा. विकास सुवेदीको कोभिड-१९ को संक्रमणबाट निधन भएको छ । आइतबार राति ११:५७ मा ४२ वर्षीय डा. सुवेदीको ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

डा. सुवेदी सञ्चालक एवं निर्देशक रहेको कोटेश्वरस्थित गौतम वुद्ध अन्तर्राष्ट्रिय  कार्डियाक अस्पतालको व्यवस्थापन हेरिरहेका चिकित्सक डा. अमृत भुसालले उनको हिजो राति ११:५७ मा ह्याम्स अस्पतालमा निधन भएको पुष्टि गरे ।

डा. सुवेदीमा २५ दिनअघि कोभिड-१९ संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनको गौतम वुद्ध अन्तर्राष्ट्रिय  कार्डियाक अस्पतालमै उपचार गरिएको थियो ।

अवस्था जटिल बनेपछि उनलाई थप उपचारका लागि १४ दिनअघि ह्याम्स अस्पताल लगिएको थियो । ह्याम्स अस्पतालमा ४ दिनदेखि उनको भेन्टिलेटरमा उपचार भइरहेका थियो ।

डा. सुवेदी इमाडोल ललितपुरका हुन् । उनी बंगलादेशमा  पढेका हुन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)