२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचार६५७० जना कोभिड–१९ संक्रमणमुक्त, ५१५३ नयाँ संक्रमित थपिए

६५७० जना कोभिड–१९ संक्रमणमुक्त, ५१५३ नयाँ संक्रमित थपिए


काठमाडौं-नेपालमा थप ५ हजार १ सय ५३ जनामा कोभिड– १९ को संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ५ हजार १ सय ५३ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा अहिलेसम्म कोभिड–१९ बाट संक्रमित हुनेको संख्या ५ लाख ९५ हजार ३ सय ६४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार ५ सय ७० जना कोभिड–१९ संक्रमणमुक्त भएका छन् । अहिलेसम्म नेपालमा कोभिड–१९ संक्रमण जित्नेको संख्या ५ लाख ४ हजार ५ सय ३० पुगेको छ ।

पछिल्लो २४ घण्टामा १०८ जनाको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको छ । अहिलेसम्म नेपालमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ८ हजार ९८ पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ