२०७८ जेठ ३१, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथपिए ४३४४ नयाँ संक्रमित, ८१ जनाको मृत्यु

थपिए ४३४४ नयाँ संक्रमित, ८१ जनाको मृत्यु


काठमाडौं – नेपालमा थप ४ हजार ३ सय ४४ जनामा कोभिड– १९ को संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ४ हजार ३ सय ४४ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा.कृष्ण पौडेलले जानकारी दिए।

नयाँ संक्रमित मध्य काठमाडौं उपत्यकाका ९ सय १५ रहेका छन् । जसमध्ये काठमाडौंमा सबैभन्दा बढी ६७९, भक्तपुरमा ८१ र ललितपुरमा १५१ जनालाई संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप  ५७४८ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा थप ८१ जना संक्रमितको मृत्यु भएको छ ।

 

 

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)