२०७८ असोज ३, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य राज्यमन्त्री श्रेष्ठको २३ बुँदे कार्ययोजनाः १२ देखि १८ वर्षकालाई लगाउन ४० लाख खोप खरिद गर्ने सम्झौता

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको २३ बुँदे कार्ययोजनाः १२ देखि १८ वर्षकालाई लगाउन ४० लाख खोप खरिद गर्ने सम्झौता


काठमाडौं—नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले १२ वर्षदेखि १८ वर्षका बालबालिका र किशोर—किशोरीलाई लगाउन ४० लाख डोज खोप खरिद गर्ने प्रक्रिया सुरु भइसकेको बताएका छन् । सोमबार आफ्नो कार्ययोजना सार्वजनिक गर्दै मन्त्री श्रेष्ठले बालबालिका
तथा किशोर—किशोरी समेतलाई लक्षित गरी मोडर्नाको ४० लाख डोज खोप खरिदको प्रक्रिया अगाडि बढाइएको बताए ।

यस्तै, उनले जोनसोन एण्ड जोनसोनको ५० लाख, फाइजरको ४० लाख, अस्ट्राजेनिकाको २० लाख गरी कुल १ करोड ५० लाख डोज खोप खरिदको प्रक्रिया सुरु भइसकेको जानकारी पनि उनले दिए । उनकाअनुसार फाइजरको ६० लाख खोप खरिदका लागि प्रारम्भिक काम सम्प्न्न भएर उत्पादक कम्पनीसँग खरिद प्रक्रिया थालनी भएको छ ।

एक तिहाइ जनसंख्यालाई असोज मसान्तसम्म र सम्पूर्ण जनसंख्यालाई चैत मसान्तसम्म खोप लगाइसक्ने प्रधानमन्त्रीको प्रतिवद्धताअनुसार काम भइरहेको उनले बताए । स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले कोभिड—१९ को सम्भावित तेस्रो लहरका लागि तयारी समेत अगाडि बढाइएको जानकारी दिए ।

यस्तो छ मन्त्री श्रेष्ठको २३ बुँदे कार्ययोजना


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)