२०७८ असोज ३, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यमा हेरफेर : समन्वयमा डा. विवेकलाल, क्षयरोग केन्द्रमा रिता

स्वास्थ्यमा हेरफेर : समन्वयमा डा. विवेकलाल, क्षयरोग केन्द्रमा रिता


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा नयाँ राज्यमन्त्री नियुक्त भएसँगै जिम्मेवारी हेरफेर सुरु भएको छ । सोमबार मन्त्रिस्तरीय निर्णयबाट मन्त्रालयको समन्वय महाशाखाको जिम्मेवारी डा. विवेकलाल कर्णलाई दिइएको छ ।

डा. जागेश्वर गौतम युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख कार्यकारी अधिकारीमा नियुक्त भएपछि उक्त महाशाखा खाली थियो ।

डा. विवेकलाल यसअघि राष्ट्रिय क्षयरोग केन्द्रमा थिए । उनलाई मन्त्रालयमा ल्याएर महत्वपूर्ण महाशाखा दिइएसँगै खाली रहेको स्थानमा रिता जोशीलाई लगिएको छ । यसअघि कर्णाली प्रदेश निर्देशनालय रहेकी उनी ११ महिनादेखि मन्त्रालयमा जगेडा थिइन् ।

यस्तै, सोमबार नै कोभिड—१९ युनिफाइड केन्द्रीय अस्पतालको पनि नेतृत्व परिवर्तन गरिएको छ । अस्पतालका प्रमुख प्रशासकीय अधिकारी डा. जागेश्वर गौतमको प्रसुति गृहमा सरुवामा गरिएको छ । उनको ठाउँमा डा. रुद्र मरासिनीलाई युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकारी बनाइएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)