२०७८ असोज १, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारदेशभर २५ सयभन्दा बढीमा कोभिड पुष्टि, ३५को मृत्यु

देशभर २५ सयभन्दा बढीमा कोभिड पुष्टि, ३५को मृत्यु


काठमाडौं—नेपालमा थप २ हजार ५ सय २५ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ५ सय २५ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको हो ।

यस्तै, पछिल्लो २४ घण्टामा २ हजार ८६  जनाले कोभिड-१९ को संक्रमण जितेका छन् । यससँगै नेपालमा अहिलेसम्म कोभिड-१९ संक्रमणमुक्त हुनेको संख्या ७ लाख २ हजार १ सय ८३  पुगेको छ ।

मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा कोभिड-१९ को संक्रमणबाट ३५ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा अहिलेसम्म कोभिड-१९ बाट मृत्यु हुनेको संख्या १ हजार ५ सय ६८  पुगेको छ ।

मंगलबार सक्रिय संक्रमितको संख्या ३८ हजार २ सय ५० रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)