२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोभिड खोपसँगै नियमित खोप कार्यक्रमहरू पनि विस्तार गरौं : डब्लुएचओ

कोभिड खोपसँगै नियमित खोप कार्यक्रमहरू पनि विस्तार गरौं : डब्लुएचओ


काठमाडौं – विश्व स्वास्थ्य सङ्गठनले दक्षिणपूर्वी एसिया क्षेत्रका देशहरूलाई कोभिडको खोपसँगै नियमित खोप कार्यक्रमहरू पनि विस्तार गर्न अपिल गरेको छ ।

सम्मेलनको तेस्रो दिनको बैठकमा सङ्गठनले हाल जारी कोभिड–१९ को खोप कार्यक्रमको तीव्र विस्तारका साथै नियमित खोप कार्यक्रमहरूको पनि परिमाण विस्तार गर्नका लागि अपिल गरेको हो ।

‘महामारीको कारणले गर्दा खोपद्वारा रोकथाम गर्न सकिने रोगहरू सम्बन्धित खोप सेवाहरू तथा निगरानी प्रक्रिया अवरुद्ध भएको हुनाले यी रोगहरूको जोखिम बढिरहेको छ,’क्षेत्रीय समितिको चौहत्तरौं बैठकमा बोल्दै क्षेत्रीय निर्देशक डा. पूनम खेत्रपाल सिंहले भने, ‘यस सम्बन्धमा विभिन्न प्रयासहरू गरिराखिएको भएता पनि अझ धेरै गर्नुपर्ने आवश्यकता छ, विशेषगरी उपराष्ट्रिय तहमा र यी सेवाहरू नपुगेका वा पर्याप्त मात्रामा नपुगेका जनसङ्ख्याहरूसम्म पुग्नका लागि।’

महामारीको प्रारम्भसम्ममा भएको उल्लेखनीय प्रगतिको स्मरण गराउँदै क्षेत्रीय निर्देशकले डिटिपि३ खोपको कभरेज ९१५ पु¥याइसकेको हुनाले यो क्षेत्र खोपद्वारा रोकथाम गर्न सकिने रोगको हकमा उक्त समयसम्मकै उत्कृष्ट अवस्थामा पुगिसकेको बताए ।

११ मध्ये १० देशहरूले डिटिपि३ खोपको कभरेज ९०५ भन्दा बढी हासिल गरिसकेका थिए । यस क्षेत्रका देशहरूले महामारीको दौरानमा अत्यावश्यक सेवाहरू पुनःसुचारु गर्दा नियमित खोप कार्यक्रमहरूलाई प्राथमिकता दिएका भएता पनि यस क्षेत्रको डिटिपि कभरेज ८५५ मा झरेको छ ।

सन् २०१९ मा खोप नै नलगाएका वा पूर्ण रूपमा खोप नलगाएका बालबालिकाको सङ्ख्या ३० लाख रहेकोमा हाल सो सङ्ख्या बढेर ४९ लाख पुगेको छ । खोपद्वारा रोकथाम गर्न सकिने रोगहरूको निगरानी प्रक्रिया पनि प्रभावित भएको छ ।
कोभिड–१९ महामारीले यस क्षेत्रको प्रमुख प्राथमिकताको रूपमा रहेको दादुरा तथा रुबेला उन्मूलनका रणनीतिहरूको कार्यान्वयनमा पनि असर पारेको छ । दादुरा विरुद्धको खोपको पहिलो मात्राको अनुमानित कभरेज यस क्षेत्रमा सन् २०१९ मा ९४५ रहेकोमा सन् २०२० मा घटेर ८८५ पुगेको छ ।

त्यसैगरी, दादुरा विरुद्धको खोपको दोस्रो मात्राको कभरेज पनि सन् २०१९ मा ८३५ रहेकोमा सन् २०२० मा घटेर ७८५ पुगेको छ । कोभिड–१९ महामारीको परिणामस्वरूप विभिन्न देशहरूमा निगरानी प्रक्रिया पनि अवरुद्ध हुनुका साथै बृहत् खोप अभियान तथा अन्य खोप सम्बन्धित क्रियाकलापहरूको कार्यान्वयन पनि प्रभावित भएको छ ।

‘कोभिड–१९ पु¥याएको क्षतिलाई तुरुन्त क्षतिपूर्ति गर्नुपर्ने, गत दशकमा हासिल भएको प्रगतिको दरलाई पुनः प्राप्त गर्नुपर्ने, र शिशु, बालबालिका तथा वयस्कहरूलाई जीवन रक्षक खोपहरूद्वारा संरक्षण दिनुपर्ने आवश्यकता छ,’डा. खेत्रपाल सिंहले भने ।

हाल जारी क्षेत्रीय समिति बैठकले दक्षिणपूर्वी एसिया क्षेत्रीय खोप कार्ययोजना २०२२–२०३० को रणनीतिक खाकामा पनि छलफल गरेको छ । उक्त कार्ययोजना कोभिड–१९ विरुद्धको खोप तथा कोभिड–१९ महामारीबाट प्रभावित खोप प्रणालीहरू तथा खोपद्वारा रोकथाम गर्न सकिने रोगहरूको निगरानीको पुनःस्थापनामा केन्द्रित छ ।

कोभिड–१९ विरुद्धको खोप सम्बन्धी प्रयासहरूलाई असर नपारिकन नियमित खोप कार्यक्रमहरूलाई कायम राख्न तथा अभिवृद्धि गर्नका लागि हामीसँग रणनीतिहरू भएको सुनिश्चित गर्नुपर्ने डा. सिंहले बताए । नियमित खोप कार्यक्रम तथा कोभिड–१९ विरुद्धको खोप कार्यक्रमका लागि पर्याप्त जनशक्ति, खोप सेवाहरूको पहुँच गर्नका लागि मानिसहरूमा आत्मविश्वास अभिवृद्धि गराउने प्रयासहरू र बन्दाबन्दीको अवधि सकिनासाथ तुरुन्त खोप सम्बन्धी क्रियाकलापहरूलाई विस्तार गर्नका लागि मानक सञ्चालन कार्यविधि जस्ता कुराहरू सुनिश्चित गर्नु आवश्यक रहेको उनले बताए ।

‘यस खाकाको कार्यान्वयनका लागि उच्चस्तरीय राजनीतिक तथा कार्यक्रमिक प्रतिबद्धता र साझेदारहरूको सहकार्य आवश्यक पर्नेछ जसका लागि विश्व स्वास्थ्य सङ्गठन प्रतिबद्ध छ,’ क्षेत्रीय निर्देशकले भने। यस क्षेत्रका देशहरूले कोभिड–१९ विरुद्धको खोप विस्तार गर्नका लागि अभूतपूर्व प्रयासहरू गरिरहेका छन् ।

हालसम्म यस क्षेत्रमा ९१ करोड ५० लाख मात्रा खोप लगाइसकिएको छ । हालैका हप्ताहरूमा भएको थप खोपको उपलब्धताले खोपको विस्तारमा सहयोग पुगेको छ । महामारीले दिएको चुनौतीका बावजुद यो क्षेत्रले पोलियो उन्मूलित तथा मातृ तथा शिशु टिटानस मुक्त अवस्थालाई कायम राखिराखेको छ ।

पाँचवटा देशहरू दादुरा मुक्त भएका छन् भने ती मध्ये दुई देशहरू रुबेला मुक्त पनि हुन सफल भएका छन् । चारवटा देशहरूले खोपको माध्यमबाट हेपाटाइटिस बी नियन्त्रण गर्न सफल भएको पनि प्रमाणित भएको छ ।

क्षेत्रीय समिति बैठक विश्व स्वास्थ्य सङ्गठनको दक्षिणपूर्वी क्षेत्रको शासन गर्ने निकायको वार्षिक बैठक हो । यसपटकको आयोजक राष्ट्र नेपाल रहेको यो बैठक महामारीको कारणले गर्दा गत वर्षदेखि भर्चुअल्ली गरिँदै आइएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ