२०७८ असोज ३०, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप १५११ जनामा कोभिड-१९ पुष्टि, मृतकको संख्या ११ हजार नाघ्यो

थप १५११ जनामा कोभिड-१९ पुष्टि, मृतकको संख्या ११ हजार नाघ्यो


काठमाडौं—नेपालमा थप १ हजार ५  सय ११  जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ५  सय ११  जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको हो ।

यस्तै, पछिल्लो २४ घण्टामा १ हजार ६ सय ८९ जनाले कोभिड-१९ को संक्रमण जितेका छन् । यससँगै नेपालमा कोभिड-१९ संक्रमणबाट निको हुने संख्या ७ लाख ४५ हजार २ सय १५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ११ जना संक्रमितको मृत्यु भएसँगै नेपालमा कोभिडबाट ज्यान गुमाउनेको संख्या ११ हजार नाघेको मन्त्रालयले जनाएको छ । हाल नेपालमा कोभिड-१९बाट मृत्यु हुनेको संख्या ११ हजार २ पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)