२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारशिक्षण संस्थाले भौतिक उपस्थितीमा कक्षा सञ्चालन गर्न नपाउने

शिक्षण संस्थाले भौतिक उपस्थितीमा कक्षा सञ्चालन गर्न नपाउने


काठमाडौं—काठमाडौंका विद्यालयहरुले विद्यार्थीहरुको भौतिक उपस्थितीमा कक्षा सञ्चालन गर्न नपाउने भएका छन् । बिहीबार जिल्ला प्रशासन कार्यलय काठमाडौंले १ असोजदेखि अर्को आदेश नभएसम्मका लागि भौतिक उपस्थितीमा कक्षा सञ्चालन गर्न नपाउने आदेश जारी गरेको हो ।

गर्नैपर्ने भएमा महानगरपालिका तथा नगरपालिकाहरुले विद्यालय सञ्चालन गर्नुपूर्व आ—आफ्नो पालिकास्तरमा कोभिड—१९ संक्रमणको अवस्था विश्लेषण गर्ने, विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी, सवारी चालक तथा सहचालक, क्यान्टिन सञ्चालक र सञ्चालक समितिका पदाधिकारीहरु सबैले अनिवार्य रुपमा कोभिड—१९ विरुद्धको खोप लगाएको हुनुपर्नेछ ।

यसका साथै विद्यालयहरुले अभिभावक र सरोकारवालाहरुसँग छलफल र समन्वय गर्नुपर्नेछ ।

कोभिड—१९ को संक्रमण कायमै रहेकाले अनावश्यक रुपमा घर बाहिर ननिस्कन, जम्मा नहुन, भिडभाड नगर्न, सभा जुलुस नगर्न, जात्रा, महोत्सव भोज नगराउन पनि प्रशासनले आदेश जारी गरेको छ ।

यसअवधिमा पर्ने चाडपर्वहरु स्वास्थ्य प्रोटोकलको पूर्ण पालना गरी न्यूनतम सहभागितामा सांकेतिक रुपमा मात्र मनाउन पनि आग्रह गरिएको छ । यस्तै, सर्वसाधारण व्यक्ति, समूह तथा संस्थालगायतका निकायबाट आर्थिक, सामाजिक, व्यवसायिक तथा अन्य गतिविधीहरु सञ्चालन गर्दा मास्क अनिवार्य प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, पटक—पटक साबुन पानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने र नेपाल सरकारले तोकेको जनस्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गर्नुपर्नेछ ।

स्थानीय ढुवानी विहान ९ बजेदेखि ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि ७ बजेसम्म गर्न पाइने छैन । सार्वजनिक तथा निजी निर्माणका लागि निर्माण सामाग्री ढुवानी बेलुका ९ बजेदेखि विहान ५ बजेसम्म सञ्चालन गर्न पाउने छन् ।

कोभिड—१९ को लक्षण देखिएका तथा संक्रमितको कन्ट्रयाक्ट ट्रेसिङमा परेका व्यक्तिहरुले नेपाल सरकारले निःशुल्क व्यवस्था एन्टीजेन तथा पिसिआर परीक्षणका लागि सम्बन्धित स्थानीय तह, जिल्ला अस्पतालसँग सम्पर्क गरी परीक्षण गराउने, स्वास्थ्य मापदण्डको प्रभावकारी पालना गर्नुपर्नेछ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ