२०८३ असोज १२, सोमबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ पहिलो पटक एकैसाथ ४४ लाख डोज भेरोसेल खोप काठमाडौं ल्याइयो

पहिलो पटक एकैसाथ ४४ लाख डोज भेरोसेल खोप काठमाडौं ल्याइयो


काठमाडौं—नेपाल वायु सेवा निगमले चीनको बेइजिङबाट ४४ लाख कोभिड—१९ विरुद्धको भेरोसेल खोप काठमाडौं ल्याएको छ । शुक्रबार दिउँसो वायु सेवा निगमको वाइडबडी ३३० मार्फत ४४ लाख खोप नेपाल ल्याइएको हो ।

सरकारले पहिलो पटक एकै पटक यति धेरै डोज खोप ल्याएको हो । खोप आएपछि स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ, स्वास्थ्य सचिव रोशन पोखरेललगायतका स्वास्थ्यका उच्च अधिकारीहरु विमानस्थल पुगेर खोप बुझेका थिए ।

सरकारले पछिल्लो पटक चीनसँग जीटुजी अन्तर्गत ननडिस्क्लोजेबल एग्रीमेन्ट गरेर ६० लाख डोज भेरोसेल खोप खरिद गरेको थियो । जसमध्ये १६ लाख डोज यसअघि नै आइसकेको छ ।

यसअघि ७४ लाख डोज भेरोसेल, २४ लाख ४८ हजार कोभिशिल्ड, १७ लाख ७७ हनार अस्ट्राजेनेका र १६ लाख जोनसोन एण्ड जोनसोनको खोप आइसकेको छ । फाइजर र मोडर्नाको खोप ल्याउने तयारी पनि सरकारले अगाडि बढाएको छ ।

नेपाल सरकारले चैत मसान्तसम्म सबैलाई कोभिड—१९ विरुद्धको खोप लगाइसक्ने लक्ष्य निर्धारण गरेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ