२०८१ असार १, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १चैत्रभित्रमा सबै नागरिकलाई खोप लगाइसक्छौं : राज्यमन्त्री श्रेष्ठ

चैत्रभित्रमा सबै नागरिकलाई खोप लगाइसक्छौं : राज्यमन्त्री श्रेष्ठ


विराटनगर – स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आउँदो चैत्र मसान्तसम्म सबै नागरिकलाई खोप लगाइसक्ने दाबी गरेका छन् ।

बुधबार विराटनगरस्थित कोशी अस्पतालको नयाँ भवनको शिलान्यास गर्दै राज्यमन्त्री श्रेष्ठले देशभरीमा ७७ प्रशितभन्दा बढी जनसंख्याले खोप लगाइसकेको हुनाले चैतभित्रमा सबै नागरिकलाई सरकारले खोप दिइसक्ने दाबी गरेका हुन् ।

उनले दसैँपछि बालबालिकाहरुको लागि पनि सरकारले खोप ल्याउने जानकारी गराए । ‘यो वर्षको चैत मसान्तसम्म सबैले खोप लगाइसक्नेछन् । आवश्यक पर्ने खोपको सुनिश्चिता भइसकेको छ । अहिले पनि खोप आइरहेको छ,’ उनले भने, ‘अहिले काठमाण्डौ उपत्यका भित्र ८५ प्रतिशतले पहिलो डोज खोप लगाएका छन् ।’

७७ प्रतिशत भन्दा बढी जनसंख्याले खोप लगाइसकेको उनले जानकारी दिए । बढी जनघनत्व भएको ठाउँहरुमा सरकारले बढी प्राथामिकतामा राखेर खोप बितरण गरेको उनले बताए । दशैं तिहार पछि खोपको अभियानलाई तिव्रता दिएर अगाडी बढाउने राज्यमन्त्री श्रेष्ठले बताए ।

‘विशेष गरि १८ वर्षमुनिका बालबालिकाहरुको लागि फाइजा र मोडना खोप ल्याउने तयारी सरकारले गरेको छ,’ उनले भने, ‘बालबालिकाहरूको लागि १ करोड खोपको आवश्यक पर्ने अनुमागन गरिएको छ, ‘त्यसको लागि खोप ल्याउन स्रोतको पनि सुनिश्चिता भइसकेको छ ।’

‘खोपको लागि पैसा पनि पढाइसकेकोले दशैं र तिहारपछि बालवालिकाहरुको लागि पनि सुनिश्चिताको साथ अभियान सुरु हुने उनले बताए। उनले अहिले पनि संक्रमण देखिरहेकोले स्वास्थ्य मापदण्ड पालाना गरेर चाडपर्व बनाउन पनि आग्रह गरे ।

‘अहिलेको परिस्थिलाई ख्याल गरि सचेत भएर चाडपर्व मनाउन सरकारले आग्रह गरेको छ,’ उनले भने । राज्यमन्त्री श्रेष्ठले ७५३ स्थानिय तहहरुमा अस्पताल बनाउने सरकारको अभियान रहेको बताए । ‘यसको शिलन्यास पनि भएको छ । सरकारले क्रमिक रुपमा डिपिआर र शिलन्यास भएको ठाउँमा अस्पताल बन्दै जानेछ,’ राज्यमन्त्री श्रेष्ठले भने ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ