२०८३ असोज १०, शनिबार
Health Aawaj logo
गृहपृष्ठ ∕ प्रदेश १ ∕ इखले बनेका डा. राजेश, जसका तीनै भाइ डाक्टर छन्

इखले बनेका डा. राजेश, जसका तीनै भाइ डाक्टर छन्


पूर्वी नेपालको औधोगिक नगरी बुढीगंगा गाउँपालिका—१ यादव टोलमा स्थानीय समाजसेवीमा गनिन्छन्—बावुप्रसाद यादव । बाबुप्रसाद यादवका भाइ डा. सितल यादव विराटनगरका गनिएका चिकित्सक हुन् । उनका भाइमात्रै होइन्, तीन छोरा पनि चिकित्सक छन् । उनले सबै छोरालाई डाक्टर बनाउन ६ बिगाहा खेतीयोग्य जमिन बेचेका हुन् ।

जसमध्ये बावुप्रसादका जेठा छोरा डा. राजेश यादव हुन् । उनका बाल्यकाल रमाइलोसँग बित्यो । ‘सम्पन्न परिवारमा हुर्किएको बंगलादेशमा पुगेर शिक्षा हासिल गर्ने अवसर पाएँ,’ विगत सम्झिँदै उनले सुनाए, ‘आईएस्सी काठमाडौंको बनस्थलीबाट सकिएपछि बंगलादेशमा गएर एमबीबीएस र त्यसपछि पोखरमा आएर एमडी उत्तीर्ण गरे ।’

आफू गएपछि दुई जना भाइहरूलाई पनि डाक्टर बाउन बंगलादेश लिएर आएको उनले सुनाए । ‘चिकित्सक क्षेत्र पढाउने व्यवस्था मिलाएपछि बुवाले जग्गा बेचेर पैसाँ दिएपछि माइलो र कान्छो भाइलाई पनि लिएर बंगलादेश आए,’ उनले भने, ‘अहिले दुवै जना भाइ पनि डाक्टर छन् ।’

राजेश र उनका दुई भाइ

शिक्षादीक्षा विदेशमै भएपनि आफूले हासिल गरेको सीप नेपालीकै लागि स्वदेशमै उपयोग गर्ने उनको इच्छा थियो । त्यही इच्छाबलले पढाइ सकेपछि नेपाल आए । पढाइ सकिनेबित्तिकै विदेश र अरु तिर पनि जागिरको अफर आएको थियो । तर, उनको स्वदेशमा सेवा गर्ने इच्छा प्रबल थियो । ‘त्यही कारण वि.सं. २०७० सालदेखि विराटनगरस्थित नोबेल अस्पतालमा आएर सेवा सुरु गरे,’ उनले भने ।

अहिले उनी नोबेलमा एमबीबीए, नर्सिङका विद्यार्थीहरूलाई औषधी सम्बन्धी पढाउने गर्छन् । आफूले हासिल गरेको ज्ञान नयाँपुस्तालाई हस्तान्तरण गर्ने उद्देश्य उनको छ । जीवनको हर समय बिरामीको उपचारमा खर्चेका यादवलाई सबैभन्दा खुसी के कुराले दिन्छ ? ‘जब बिरामी निको बनाएर घर पठाउने समय हुन्छ, त्यो बेला बिरामी र तिनका आफन्तले दिने सम्मान र आर्शिवाद मेरा लागि अतुलनीय खुसीको क्षण हुन्छ,’ उनले सुनाए । आफ्नै गाउँमा सेवा गर्ने तीव्र इच्छा भएकोले पनि घरदेखि दुई किलोमिटर टाढा रहेको अस्पतालमा सेवा गरेको उनले सुनाए ।

डा. राजेशले आउँदो मंसिर ३ र ४ गते हुने नेपाल मेडिकल काउन्सिलको निर्वाचनमा सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । ‘देशभरिका चिकित्सक आवद्ध भएको संस्थाको नेतृत्व तहमा पुग्ने उद्देश्यले उम्मेदवारी दिएको हुँ’, उनले भने, ‘सम्पूर्ण चिकित्सकहरुले मतदान गरी जिताउनु हुनेछ भन्नेमा म विश्वस्त छु ।’


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ