२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारवीरमा ५८८ नर्ससहित ७७७ थप दरबन्दी किताबखानामा दर्ता, ५४ दरबन्दी सेवा समूह नमिलेर रोकिए

वीरमा ५८८ नर्ससहित ७७७ थप दरबन्दी किताबखानामा दर्ता, ५४ दरबन्दी सेवा समूह नमिलेर रोकिए


काठमाडौं—मुलुककै जेठो वीर अस्पतालमा विभिन्न समूहमा ७ सय ७७ दरबन्दी थपिएका छन् । मन्त्रिपरिषद्बाट ८ सय ३१ दरबन्दी पास भएतापनि स्वास्थ्य सेवा ऐन तथा नियमावली र कर्मचारी प्रशासन ऐनसँग नमिल्ने भन्दैं ७ सय ७७ दरबन्दीमात्रै किताबखानाले दर्ता गरेको हो ।

वीर अस्पतालबाट प्रस्ताव आएर मन्त्रालय हुँदैं क्याबिनेटबाट पास भएको ८ सय ३१ जनाको दरबन्दीमध्ये सेवा समूह नमिलेका कारण ७ सय ७७ दरबन्दी मात्रै किताबखानामा दर्ता भएर आएको स्वास्थ्य मन्त्रालयको कर्मचारी प्रशासन शाखामा उपसचिव बाबुराम घिमिरेले बताए ।

५४ जनाको दरबन्दी समूह नमिलेर किताबखानामा दर्ता हुन सकेको छैन् । सबैभन्दा बढी नर्सिङ कर्मचारीको दरबन्दी थप भएको छ । जसमा ११ औं तहको नर्सिङ प्रशासक १ जना, ९/१० औं तहको २ जना, ७/८ औं तहको १९ जना र ५/६/७ औं तहको ५६६ जनाको दरबन्दी थप भएको छ ।

त्यसैगरी, १२ तहको प्रमुख विशेषज्ञ एक जना, सहसचिव १ जना, ११ तहका प्रमुख कन्सल्ट्यान्ट ८ जनाको दरबन्दी थपिएको छ । मन्त्रिपरिषद्ले पास गरेको थप ३ जना प्रमुख कन्सल्ट्यान्ट अर्थोपेडिक स्पाइन सर्जरी, थोरासिक सर्जरी र ग्यास्ट्रो इन्टरोलोजीको दरबन्दी समूह नमिलेका कारण किताबखानामा दर्ता हुन सकेन् ।

यस्तै, मेडिकल अधिकृत ५० जनाको थप दरबन्दी दर्ता भएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #नयाँ दरबन्दी थप, #वीर अस्पताल


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ