२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमहिनावारी सुरक्षित बनाउन महिलालाई प्याड बनाउने तालिम दिनुपर्छः मन्त्री थापा

महिनावारी सुरक्षित बनाउन महिलालाई प्याड बनाउने तालिम दिनुपर्छः मन्त्री थापा


काठमाडौं–महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले महिनावारीलाई सुरक्षित बनाउन महिलालाई प्याड बनाउने तालिम दिइनुपर्ने धारणा व्यक्त गरेकी छिन् । बिहीबार सानेपामा ‘मर्यादित र स्वस्थ महिनावारी’बारे एक्सपोज नेपालले आयोजना गरेको कार्यक्रममा मन्त्री थापाले महिलाहरुलाई नै प्याड बनाउने तालिम दिनुपर्ने धारण व्यक्त गरेकी हुन् ।

महिनावारी प्राकृतिक कुरा भएको र प्रजननका लागि अति आवश्यक भएको भन्दै उनले भनिन, ‘सबै स्कुल र बस्तीमा महिलालाई प्याड बनाउने तालिम दिनुपर्छ ।’ तालिम प्रदान गर्दा महिला स्वयंमलाई फाईदा हुने उनको भनाई थियो । ‘एकातर्फ तालिमले महिलालाई रोजगार बनाउँछ भने अर्को उनीहरुको स्वास्थ्यलाई पनि फाइदा गर्छ ।’

महिनावारीको विषयमा सचेतना जगाउन आवश्यक रहेको भन्दै उनले स्थानीय सरकारसँगको समन्वयमा स्थानीय स्तरमै प्याड बनाउने तालिम दिनुपर्ने बताइन् । सबै विद्यालयहरुमा प्याड वितरण गर्ने सरकारको योजना रहेको पनि मन्त्री थापाले जानकारी दिइन् ।

संस्थाले महिनावारी सम्बन्धी संकुचन हटाउन र घरेलु स्यानीटरी प्याड निर्माण गरी यसको प्रयोगलाई प्रर्बद्धन गर्दै आइरहेको छ ।
कार्यक्रममा नेपालका ‘प्याडम्यान’ समेत भनिने संस्थाका अध्यक्ष ज्ञान महर्जनले देशभरका १७ सय महिलालाई यस सम्बन्धि तालिम दिएको जानकारी दिए । संस्थाले आर्थिक स्थिति कमजोर भएका र एकल महिलालाई घरेलु स्यानिटरी प्याड बनाउने तालिम निःशुल्क दिंदै आइरहेको छ ।

धोएर पुनः प्रयोग गर्न सकिने घरेलु प्याड रेडिमेड स्यानीटरी प्याड भन्दा स्वस्थकर र खर्चका हिसाबले पनि किफायती हुने भन्दै उनले संस्थाले आगामी दिनमा सबै जिल्लामा यस्ता तालिम सञ्चालन गरिने बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ