२०८१ साउन ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठअन्यडा. ओम मूर्ति अनिलको ‘जीवन्त सम्बन्ध’ आउँदै

डा. ओम मूर्ति अनिलको ‘जीवन्त सम्बन्ध’ आउँदै


काठमाडौं– वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ पुस्तक प्रकाशित भएको छ । शुक्रबार एक कार्यक्रम गरी उनले उक्त पुस्तक ५ असोजबाट बजारमा आउने जानकारी दिए ।

जीवन–सम्बन्ध, संस्कार, पारिवारिक सम्बन्ध, आमाबुबाको हेरचाह, जीवन संघर्ष, सफलता र पीडालगायतका विषयमाथि संस्मरणात्मक शैलीमा पुस्तक लेखिएको छ ।

व्यक्तिको कर्तव्य, सोच र दायित्यलगायतका विषयमाथि केन्द्रित हुँदै सम्बन्धहरूको गहिराईलाई केलाइएको छ । लेखकले यस पुस्तकमार्फत मानिसको सोचमा सकारात्मक परिवर्तन ल्याउने कोशिस गरेका छन् । पुस्तकमा ५३ वटा जीवन उपयोगी खण्ड तथा २४० पृष्ठ रहेका छन् ।

उक्त किताबको बजार मूल्य ६ सय रुपैयाँ तोकिएको छ भने विशेष प्रकाशनको मूल्य १ हजार ( हार्डकभरसहित लेखकको हस्ताक्षर तथा गिफ्ट ब्याग) रहेको छ ।  पुस्तकको बिक्रीबाट प्राप्त हुने सम्पूर्ण रकम असहाय वृद्धवृद्धाका निम्ति डा. ओम फाउन्डेसनमार्फत् खर्च गरिने डा. ओम फाउन्डेसनले जनाएको छ ।

‘जीवन्त सम्बन्ध’ पुस्तक अनलाइनमार्फत बिक्रीका लागि आजदेखि बुकिङ खुल्ला गरिएको छ । दराज, ई–सेवा, हाम्रो पात्रोलगायतका अनलाइन प्लेटफर्म, डा. ओम फाउन्डेसनको वेबसाइट तथा लेखककै फेसबुक पेजबाट पनि पुस्तक अर्डर गर्न सकिन्छ । काठमाडौैं उपत्यकाभित्र अनलाइनमार्फत् अर्डर गर्ने पाठकलाई निःशुल्क होम डेलिभरीको व्यवस्था छ ।

देशभरका पुस्तक पसलहरूमा भने समीक्षा पब्लिकेसनले वितरण गर्नेछ । साथै, विभिन्न सुपर स्टोर एवम् कपी सप तथा क्याफे आउटलेटहरूमा समेत यो पुस्तक उपलब्ध हुनेछ ।

 


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ