२०८३ कात्तिक ७, शनिवार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ जेष्ठ नागरिक अस्पताल स्थापनाका लागि मन्त्रिपरिषद्द्वारा सैद्धान्तिक सहमति

जेष्ठ नागरिक अस्पताल स्थापनाका लागि मन्त्रिपरिषद्द्वारा सैद्धान्तिक सहमति


काठमाडौं—सरकारले जेष्ठ नागरिक अस्पताल स्थापनाका गर्नका लागि सैद्धान्तिक सहमति दिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्ले जेष्ठ नागरिक अस्पताल बनाउने सैद्धान्तिक सहमति दिएको हो ।

यससँगै जेष्ठ नागरिक अस्पताल स्थापनाको प्रक्रिया अगाडि बढाउन सहज भएको छ । ‘जेष्ठ नागरिकहरुलाई विशिष्ट प्रकारको स्वास्थ्य सेवा उपलब्ध गराउन विशेषज्ञ सेवासहित एक जेष्ठ नागरिक अस्पताल स्थापना गर्न सैद्धान्तिक सहमति प्रदान गर्ने,’ मन्त्रीपरिषद्को निर्णयमा छ ।

यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विशेषज्ञ सेवासहितको जेष्ठ नागरिक अस्पताल स्थापनाका लागि क्याबिनेटमा प्रस्ताव लगेको थियो । उक्त प्रस्तावलाई मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिएको हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ