२०८३ असोज १८, आईतबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ विश्व स्वास्थ्य संगठनको महानिर्देशकमा डा. टेड्रोसलाई दोस्रो कार्यकालका लागि नेपालको समर्थन

विश्व स्वास्थ्य संगठनको महानिर्देशकमा डा. टेड्रोसलाई दोस्रो कार्यकालका लागि नेपालको समर्थन


काठमाडौं—विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)मा महानिर्देशक डा. टेड्रोस एड्हानोम ग्रेहब्रेयससले दोस्रो कार्यकालका लागि दिएको मनोनयनमा नेपालले समर्थन गरेको छ । तीन दिने नेपाल भ्रमणका क्रममा बिहीबार काठमाडौं आइपुगेका डा. टेड्रोससँग मन्त्रालयमा भएको भेटघाटमा स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले  उक्त जानकारी दिएका हुन् ।

‘नेपाल विश्व स्वास्थ्य संगठनमा यहाँले दिनुभएको सशक्त, व्यवहारिक र दूरदर्शी नेतृत्वको प्रशंशा गर्दछ । कोभिड—१९ महामारीको समयमा यहाँको भूमिका अझै महत्वपूर्ण थियो,’ मन्त्री खतिवडाले डा. ट्रेडोससँगको भेटमा भने, ‘दोस्रो कार्यकालका लागि यहाँको मनोनयनको हामी समर्थन गर्दछौं र यहाँलाई शुभकामना दिन्छौं ।’ सो क्रममा मन्त्री खतिवडाले नेपालको तर्फबाट सक्दो साथ र समर्थन रहने आश्वासन पनि दिए ।

मन्त्री खतिवडाले नेपाल सन् १९५३ मा डब्लूएचओमा आवद्ध भएदेखि नेपालको उत्कृष्ट कार्यत्मक सम्बन्ध रहेको उल्लेख गर्दै नेपाली जनताको स्वास्थ्य आवश्यकता सम्बोधन गर्न गरेको सहयोगको पनि प्रशंशा गरे । साथै, सन् २०१५ मा भूकम्पपछि स्वास्थ्य आपतकालको अवस्था रहँदा समेत विश्व स्वास्थ्य संगठनले विश्व स्वास्थ्य सम्मेलन—२०१५ को साइड इभेन्ट गर्न दिएकोमा पनि डब्लूएचओको नेपालले प्रशंशा गरेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ