२०८१ असार २, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारबागमती प्रदेश स्वास्थ्य मन्त्रालयले माग्यो कर्मचारीको स्तरवृद्धिका लागि आवेदन

बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले माग्यो कर्मचारीको स्तरवृद्धिका लागि आवेदन


काठमाडौं- स्वास्थ्य मन्त्रालय बागमती प्रदेशले मन्त्रालयका कर्मचारीहरुको स्तरवृद्धिका लागि आवेदन माग गरेको छ। प्रदेशले बिहीबार सुचना जारी गर्दै सचिवस्तरको बैठकको निर्णयनुसार स्तरवृद्धिका लागि आवश्यक योग्यता र सेवा अवधि पुगेकाले मन्त्रालयमा आवेदन दिन माग गरेको हो ।

सूचनाअनुसार तहवृद्धि हुने पद भन्दा एक तह मुनीको पदमा पाँच वर्ष सेवा अवधी पुगेको खुल्ने कागजात, तहवृद्धिको लागि अध्यादेशमा तोकिए बमोजिमको शैक्षिक योग्यता हासिल गरेको प्रमाणपत्रको प्रतिलिपी र पछिल्लो पाँच वर्षको कार्य सम्पादन मुल्यांकनमा औसत ९५ प्रतिशत अंक प्राप्त गरेको कार्य सम्पादन मुल्याकन फारम पेस गर्नुपर्छ।

प्रदेशले ५ दिनभित्र आवेदन पेस गर्न भनेको छ।

No description available.


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ