२०८२ वैशाख ११, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारयस्ता छन् नीति तथा कार्यक्रममा परेका स्वास्थ्यका महत्वपूर्ण १७ कार्यक्रम

यस्ता छन् नीति तथा कार्यक्रममा परेका स्वास्थ्यका महत्वपूर्ण १७ कार्यक्रम


काठमाडौं—सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।

राष्ट्रपतिले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या क्षेत्रसँग सम्बन्धि विभिन्न महत्वपूर्ण कार्यक्रमहरु समेटिएका छन् ।

१. जेष्ठ नागरिकको बढ्दो जनसंख्यालाई मध्यनजर गरी विशिष्टीकृत स्वास्थ्य सेवा सुनिश्चित गरिनेछ ।

२. रोगको रोकथाम तथा नियन्त्रणका लागि सेन्टर फर डिजिज कन्ट्रोल स्थापना, स्वास्थ्य संस्था र स्वास्थ्य सेवाहरुको गुणस्तर मापन तथा प्रमाणीकरण गर्न राष्ट्रिय स्वास्थ्य प्रत्यायन बोर्डको स्थापना र स्वास्थ्य विज्ञान प्रतिष्ठान र अस्पतालहरुलाई थप मितव्ययी, व्यवस्थित र प्रभावकारी बनाउन क्षेत्रगत एकीकृत कानुनहरुको तर्जुमा गरिनेछ ।

३ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत संचालित सम्पूर्ण सामाजिक सुरक्षा कार्यक्रमहरुलाई एकीकृत गर्दै स्वास्थ्य विमामार्फत वित्तिय व्यवस्थापन गरिनेछ । त्यसका लागि सबै अस्पतालहरुमा एक सामाजिक सेवा इकाई स्थापना गरिनेछ ।

४ प्रत्येक नागरिकको स्वास्थ्य रेकर्ड व्यवस्थित गर्न सबै अस्पतालहरुमा विद्युतीय स्वास्थ्य सूचना प्रणाली लागु गरिनेछ । स्वास्थ्य संस्थामा हुने सबै मृत्युको अनिवार्य अडिट गर्ने व्यवस्था लागु गरिनेछ ।

५ नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका बहुक्षेत्रीय कार्ययोजना (२०७८—२०८३) कार्यन्वयन गर्नका लागि सबै क्षेत्रहरुसँग सहकार्य तथा बहुपक्षीय सरोकार राख्ने सबै क्षेत्रहरुलाई नसर्ने रोग रोकथाममा जिम्मेवार बनाइनेछ ।

६ आम नागरिकको सशक्त सहभागितामा स्वस्थ जीवनशैलीको माध्यमबाट नसर्ने रोग न्यूनीकरणका लागि ‘नागरिक आयोग्य अभियानमार्फत निरोगी नेपाली’ अभियानलाई संचालन गरिनेछ ।

७ सबै स्थानीय तहका स्वास्थ्य संस्थाहरुले ४० वर्षमाथिका नागरिकको वर्षको एक पटक आधारभूत ल्याव परिक्षण र महिलामा हुने पाठेघरको क्यान्सरको निःशुल्क स्क्रीनिङ सेवा संचालन गरिनेछ ।

८ पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप कार्यक्रम विस्तार गरिनेछ । स्तन क्यान्सर रोकथामकोलागि विशेष कार्यक्रम ल्याइनेछ ।

९ शारिरीक तथा मानसिक अपांगता भएका व्यक्तिहरुका लागि प्रत्येक प्रदेशमा एक—एक वटा पुनःस्थापना तथा प्रसामक केन्द्र स्थापना गरिनेछ ।

१० आधारभुत र जीवन रक्षक औषधि, अक्सिजन, खोप तथा औषधिजन्य सामग्री उत्पादनलाई थप प्रोत्साहन गरिने छ । नेपाली औषधि उत्पादकहरुको उत्पादन क्षमता वृद्धि गसरि औषधिको आपूर्तिमा सुधार गरिने छ ।

११ सामुदायिक विधालयमा स्वास्थ्य परिचारिकाको व्यवस्था गरिनेछ ।

१२ प्रत्येक प्रदेशमा कम्तीमा २ बटा सरकारी मेडिकल कलेज स्थापना गरिने छ ।

१३ स्वास्थ्यकर्मीको सुरक्षालाई प्रभावकारी बनाइनेछ ।

१४ ५ देखी ११ वर्षका वालवालीकालाई खोप लगाउन सुरु गरीनेछ ।

१५ शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई विस्तार गरिनेछ ।

१६ देशभित्र परिक्षण हुन नसक्ने ल्याव जाचलाई मात्र विदेश पठाइने छ ।

१७ विशिष्टीकृत प्रयोगशाला स्थापना गर्न निजी क्षेत्रलाई प्रोत्साहित गरिनेछ ।

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ