२०८३ असोज २३, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ कुटपिट गरेको आरोपमा लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री प्रहरी नियन्त्रणमा

कुटपिट गरेको आरोपमा लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री प्रहरी नियन्त्रणमा


काठमाडौं—कुटपिट गरेको आरोपमा लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी वली पक्राउ परेकी छन् । मंगलबार विहान ८ बजे एक महिलालाई घरमै गएर हातपात गरेको अभियोगमा प्रहरीले स्वास्थ्य राज्यमन्त्री वलीलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यलय तुलसीपुरकाअनुसार तुलसीपुर उपमहानगर–५ स्थित ती महिलाकै घरमा पुगेर कुटपिट गरेपछि नियन्त्रणमा लिइएको हो ।

‘उहाँले विहान घरमै गएर हातपात गर्नुभएछ,’ इलाका प्रहरी कार्यलय तुलसीपुरका इन्स्पेक्टर रन्जनबहादुर स्वारले भने, ‘डेढ घण्टाजति अघि हामीले उहाँलाई नियन्त्रणमा लिएका हौं । ’ उनकाअनुसार घटनाका विषयमा थप अनुसन्धान जारी रहेको छ ।

स्वास्थ्य राज्यमन्त्री वलीले विहान ८ बजे ती महिला र उनकी छोरीलाई घरमै पुगेर हातपात गरेकी थिइन् । त्यसपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

उनी दाङ क्षेत्र नं. ३ को प्रदेशसभा ख बाट निर्वाचित सांसद हुन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ