२०८१ साउन ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा थप २०२ जनामा कोभिड-१९ संक्रमण, कोभिडबाट मृत्यु हुनेको संख्या १२ हजार पुग्यो

नेपालमा थप २०२ जनामा कोभिड-१९ संक्रमण, कोभिडबाट मृत्यु हुनेको संख्या १२ हजार पुग्यो


काठमाडौं—नेपालमा थप २ सय २ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा २ सय २ जनामा कोभिड संक्रमण पोजेटिभ देखिएको हो ।

पछिल्लो २४ घण्टामा ४ सय ६२ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म कोभिड-१९ संक्रमणमुक्त हुनेको संख्या ९ लाख ८१ हजार ५ सय २१ पुगेको छ ।

मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा १ जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ । यससँगै अहिलेसम्म नेपालमा कोभिड-१९ संक्रमणबाट मृत्यु हुनेको संख्या १२ हजार पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ