२०८३ असोज १०, शनिबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ डा. केसी अनशनको १० औं दिनः उपचारका लागि श्री एयरलाइन्सबाट काठमाडौं लगियो

डा. केसी अनशनको १० औं दिनः उपचारका लागि श्री एयरलाइन्सबाट काठमाडौं लगियो


धनगढी—चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारको माग गर्दै १० दिनदेखि धनगढी अनशनरत डा. गोविन्द केसीलाई बुधबार उपचारका काठमाडौं लगिएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले श्री एयरलाइन्सको विमानमार्फत केसीलाई काठमाडौं लगिएको जानकारी दिए ।

मंगलबार सरकारले डा. केसीको स्वास्थ्य अवस्था जटिल भएपछि उनलाई ल्याउन नेपाली सेनाको स्काई ट्रक धनगढी पठाएको थियो । तर, उनी सरकारी खर्चमा काठमाडौं आउन अस्वीकार गरेका थिए । त्यसपछि उक्त स्काई ट्रक रित्तै फर्किएको थियो । डा. केसीलाई उनकै खर्चमा काठमाडौं लगिएको बताइएको छ ।

यसअघि २७ भदौंमा डा. केसी विभिन्न ७ बुँदे माग राख्दैं धनगढीको कृष्ण मन्दिरको धर्मशालामा अनशन बसेका थिए । त्यहाँ उनको स्वास्थ्य अवस्थ बिग्रिएपछि सेती प्रादेशिक अस्पतालमा लगेर उपचार थालिएको थियो । सेतीमा डा. केसीले चिकित्सकहरुले लिन भनेको मिनरल र पोषकतत्व लिन अस्वीकार गरेका थिए । उनले पानीमात्रै खाएका थिए ।

उनको स्वास्थ्य अवस्था जटिल भएपछि चार दिनअघि अस्पतालले काठमाडौंको टिचिङ अस्पतालका लागि रेफर गरेको थियो । तर, उनी काठमाडौं जान नमानेपछि अहिलेसम्म सेतीमै थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ