२०८३ असोज १९, सोमबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ ५१ जना नयाँ कोभिड–१९ सक्रमित थपिए, २२ जना संक्रमणमुक्त

५१ जना नयाँ कोभिड–१९ सक्रमित थपिए, २२ जना संक्रमणमुक्त


काठमाडौं–नेपालमा थप ५१ जनामा कोभिड –१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५१ जनामा कोभिड पोजेटिभ देखिएको हो ।

पछिल्लो २४ घण्टामा २२ जना कोभिड–१९ संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म नेपालमा कोभिड–१९ संक्रमणमुक्त हुनेको संख्या भने ९ लाख ८७ हजार ३ सय ७५ पुगेको छ ।

मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा कोभिड–१९ संक्रमणबाट कसैले पनि ज्यान गुमाउनु परेको छैन । नेपालमा हालसम्म कोभिड–१९ कारण ज्यान गुमाउनेको संख्या १२ हजार १८ छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ