२०८३ असोज २६, सोमबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ परिवार नियोजनको नयाँ साधन ‘सायना प्रेस’ सेवा सुरु

परिवार नियोजनको नयाँ साधन ‘सायना प्रेस’ सेवा सुरु


धनगढी – नेपाल परिवार नियोजन संघ कञ्चनपुर शाखाले ‘सायना प्रेस’ नामक परिवार नियोजनको अस्थायी साधनको सेवा बिस्तार गरेको छ । बेलायत सरकारको आर्थिक सहयोगमा आईपास र मेरि स्टोप अन्तर्राष्ट्रियको सहकार्यमा ‘सायना प्रेस’को परीक्षण सेवा सुरु भएको हो ।

संघले सोमबार सरोकारवाला र पत्रकारहरूसँग समन्वयात्मक बैठक गरी परिवार नियोजनको नयाँ साधन ‘साइन प्रेस’ सम्बन्धी जानकारी दिएको छ ।  कार्यक्रममा मेडिकल अधिकृत डा. स्मृति अधिकारीले साइना प्रेस सुई सम्बन्धी जानकारी गराएकी थिइन् ।

उनले साइना प्रेस महिलाका लागि भरपर्दो र सजिलो नयाँ अस्थायी साधन भएको बताइन् ।

‘यो नयाँ साधन हो, डिपोको विकल्पमा पनि होइन, र डिपो जस्तै पनि होइन’ उनले भनिन्,‘यसको प्रभावकारिता ९९ प्रतिशत छ, लाउन सजिलो पनि छ, आफैले पनि यो सुई लगाउन सकिन्छ ।’ डा. अधिकारीका अनुसार पेट, तिघ्रामा साइना प्रेसको सुई लगाउन सकिन्छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ