२०८३ असोज १९, सोमबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ पोखरा विमान दुर्घटनामा डा. गणेश थापाको पनि निधन

पोखरा विमान दुर्घटनामा डा. गणेश थापाको पनि निधन


काठमाडौं—पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा अर्का एक चिकित्सक पनि ज्यान गुमाएका छन् । आइतबार विहान १०ः५० मा काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको विमान ९एन–एएनसी अवतरणका क्रममा सेती खोचमा दुर्घटना भएको थियो ।

उक्त दुर्घटनामा गोरखा वेलफेयर स्किम अस्पताल पोखरामा कार्यरत डा. गणेश थापाको पनि निधन भएको हो । डा. थापा पाटन अस्पतालमा कार्यरत श्रीमतीलाई भेटेर पोखरा फर्किने क्रममा उक्त विमान दुर्घटनामा परेका हुन् ।

चीनबाट एमबीबीएस गरेका उनले अस्ट्रेलियाबाट एमपीएच गरेका थिए । डा. थापाले यसअघि त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट केन्द्र र वीरेन्द्र सैनिक अस्पतालमा काम गरेका थिए ।

यही दुर्घटनामा राष्ट्रिय ट्रमा सेन्टरका अर्थोपेडिक सर्जन डा. सुशील श्रेष्ठ, उनकी श्रीमती डा. सोना श्रेष्ठले १० महिनाको बच्चासहित ज्यान गुमाएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ