२०८१ असार २, शनिबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशराप्रपाका पञ्चराम गण्डकीका स्वास्थ्य मन्त्री 

राप्रपाका पञ्चराम गण्डकीका स्वास्थ्य मन्त्री 


पोखरा – गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी राप्रपाबाट निर्वाचित पञ्चराम गुरुङले सम्हालेका छन् ।
प्रदेशमा मन्त्रालय सङ्ख्या घटाउने रस्साकस्सीले अलमलिएका मुख्यमन्त्री खगराज अधिकारीले मंगलबार मन्त्रिपरिषद्लाई पूर्णता दिँदै स्वास्थ्य मन्त्रालयको जिम्मेवारी गुरुङलाई दिएका हुन् ।
यसअघि नेकपा एमालेका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रालय फुटाएर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय छुट्टै बनाएका थिए । विना विभागीय मन्त्री बनेका गुरुङले मन्त्रालयको टुङ्गो हुनासाथ पदभार ग्रहण गरेका छन् ।
उनले मन्त्रालयको प्राङ्गणमा बिरुवा रोपेर पदभार ग्रहण गरेको गुरुङको सचिवालयले जनाएको छ ।
मन्त्री गुरुङले कर्मचारीहरूलाई उच्च मनोबलका साथ काम गर्न निर्देशनसमेत दिएका छन् । गुरुङ मन्त्रिपरिषद्मा चौथो वरियतामा छन् ।

क्याटेगोरी : गण्डकी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ