२०८१ साउन ९, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारबागमतीको स्वास्थ्य मन्त्रीमा रामेश्वर श्रेष्ठ

बागमतीको स्वास्थ्य मन्त्रीमा रामेश्वर श्रेष्ठ


काठमाडौं – बागमती प्रदेशको स्वास्थ्य मन्त्रीमा रामेश्वर श्रेष्ठ नियुक्त हुने भएका  छन् । उनी नेकपा एमालेको प्रतिनिधित्व गर्दै बागमती प्रदेशको स्वास्थ्य मन्त्रीमा चुनिएका हुन् ।

बागमती प्रदेशमा एमाले र माओवादीले ४/४ तथा राप्रपाले ३ मन्त्रालय पाउने सहमति अनुसार स्वास्थ्य मन्त्रालय श्रेष्ठले पाएका हुन् ।

मन्त्रीका लागि सिफारिस श्रेष्ठ गत ४ मङ्सिरमा भएको प्रदेश सभा सदस्य निर्वाचनमा नेकपा एमालेका तर्फबाट ललितपुर क्षेत्र नम्बर २ (१)बाट विजयी भएका थिए ।

यसअघि २०७४ को निर्वाचनमा ललितपुरको महालक्ष्मी नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । नवनियुक्त मन्त्रीहरूको शपथ दिउँसो २ बजेलाई राखिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ