२०८१ असार ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारराष्ट्रपतिको सवारीका क्रममा प्रहरीको लाठी चार्जबाट ट्रमा सेन्टरका सर्जन डा. सिंह घाइते

राष्ट्रपतिको सवारीका क्रममा प्रहरीको लाठी चार्जबाट ट्रमा सेन्टरका सर्जन डा. सिंह घाइते


काठमाडौं—राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा सुरक्षामा खटिएका प्रहरीको लाठी चार्जबाट राष्ट्रिय ट्रमा सेन्टरका अंको सर्जन डा. जनिथ सिंह घाइते भएका छन् । शुक्रबार राष्ट्रपति संसदमा सम्बोधन गरेर फर्कने क्रममा वीर अस्पताल बाहिर बाटोमा हिडिरहेका डा. सिंहमाथि लाठी चार्ज गर्दा उनको टाउकोमा गम्भीर चोट लागेको छ ।

वीर अस्पतालमा निमित्त प्रमुख कार्यकारी अधिकारी डा. भुपेन्द्र बस्नेतकाअनुसार डा. सिंह ट्रमाबाट बाहिर निस्किएर वीर अस्पताल आउन लागेका थिए । बाटोमा सुरक्षामा खटिरहेका प्रहरीलाई आफू चिकित्सक भएको र वीर अस्पताल जान लागेको भन्दैं कार्ड देखाउँदा —देखाउँदैं पनि उनको कार्ड खोसेर लाठी चार्ज गरिएको जानकारी पाएको डा. बस्नेतले बताए ।

‘राष्ट्रपति संसदमा सम्बोधन गरेर फर्कने क्रममा ट्रमा चिकित्सक डा. जनिथ माथि लाठी चार्ज भएको जानकारी आएको छ,’ उनले भने, ‘कार्ड देखाउँदा देखाउँदैं पनि लाठी चार्ज हुनु दुखद् घटना हो । म पनि बाहिर नै थिए । अब अस्पताल जादैंछु ।’ उनले घटनाबारे विस्तृत जानकारी आफूले पाइनसकेको बताए ।

घटनापछि अहिले चिकित्सक र प्रहरीका उच्च अधिकारीहरु छलफल चलिरहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ