२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारआईओएमका ५ क्याम्पसमा निर्वाचनः चार वटामा अनेरास्ववियु, एकमा क्रान्तिकारी

आईओएमका ५ क्याम्पसमा निर्वाचनः चार वटामा अनेरास्ववियु, एकमा क्रान्तिकारी


काठमाडौं—चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)अन्तर्गतका ५ वटा क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न भएको छ । सोमबार विहानसम्म ५ वटै क्याम्पसका निर्वाचन परिणाम सार्वजनिक भइसकेको छ ।

जसमा एमाले निकट अनेरास्ववियुले ४ वटा क्याम्पसमा जित हासिल गरेको छ । यस्तै, अखिल क्रान्तिकारी नेतृत्वको गठबन्धनले नेपालगन्ज नर्सिङ क्याम्पसमा तीन मतको झिनो मतान्तरले सभापति र कोषाध्यक्ष पद जितेको छ ।

अनेरास्ववियुले आईओएमको सबैभन्दा ठूलो क्याम्पस महाराजगन्ज मेडिकल क्याम्पस प्यानल नै जित हासिल गरेको छ । महाराजगन्ज मेडिकल क्याम्पसमा अनेरास्ववियुका उम्मेदवार आनन्द सिंह, सचिवमा विपना न्यौपाने, कोषाध्यक्षमा अनिलकुमार साह र सदस्यहरुमा प्रतिभा आचार्य, वीरेन्द्र कुँवर, सोमराज गिरी, युवराज पौडेल अनुप सुवेदी, रितेशकुमार साह र अशोक साह विजयी भए ।

यस्तै, महाराजगन्ज नर्सिङ क्याम्पसमा अनेरास्ववियुकी सभापतिकी उम्मेदवार नोबिता बस्नेत विजयी भइन् ।महाराजगन्ज  नर्सिङ क्याम्पसमा सचिवमा अनेरास्ववियुकै सजिना पन्थ, कोषाध्यक्षमा आयुषमा राय वियजी भएका छन् । त्यस्तै, सदस्यहरुमा विन्जना केसी, सीमा खनाल, मन्जुशा न्यौपाने, अविषा कार्की र कन्चन सापकोटा विजयी भएका छन् ।

विराटनगर नर्सिङ क्याम्पसमा पनि एक सचिवबाहेक सबै पदमा अनेरास्ववियुकै उम्मेदवार विजयी भएका छन् । सभापतिमा अनेरास्ववियुकी प्रशंशा पौडेल विजयी भइन् । यस्तै, कोषाध्यक्षमा रुचिका ओझा र सदस्यहरुमा स्मृति ज्ञवाली, मेलिना राई र योगिना कटवाल विजयी भए । सचिवमा भने नेविसंघकी उम्मेदवार एलिसा राउत विजयी भइन् ।

वीरगन्ज नर्सिङ क्याम्पसमा पनि एक सदस्यबाहेक सबै पदमा एमालेनिकट अनेरास्ववियुले बाजी मारेको छ । सभापतिमा अनेरास्ववियुकी उम्मेदवार मनिषा चौधरी विजयी भइन् । उनले १५६ मतमा ९१ मत ल्याएर विजयी भएकी हुन् । सचिवमा अनेरास्ववियुकै सृष्टि तिमिल्सिना, कोषाध्यक्षमा अर्चना गुप्ता र सदस्यमा विवेक रानाभाट तथा मुन्ना श्रेष्ठ विजयी भएका छन् । नेविसंघबाट एकमात्रै सदस्यमा स्मृति थापा निर्वाचित भइन् ।

नेपालगन्ज नर्सिङ क्याम्पसमा सभापतिमा अनेरास्ववियु (क्रान्तिकारी)की उम्मेदवार दिपिका सोनी निर्वाचित भइन् । ८१ मत ल्याएर विजयी भएकी उनलाई नेविसंघ, नेकपा एस निकट विद्यार्थी संगठनको समर्थन रहेको थियो । उनले अनेरास्ववियुकी उम्मेदवार निलिमा गिरीलाई पराजित गरिन् ।

नेपालगन्ज नर्सिङ क्याम्पसको सचिवमा अनेरास्ववियुकी देवार्चना अधिकारी, कोषाध्यक्षमा नेविसंघकी रेलुसा खत्री विजयी भए । यसैगगरी, सदस्यहरुमा अनेरास्ववियुकी इशा पौडेल, विनिता बेल्वासा र गठबन्धनकी उम्मेदवार रश्मी अधिकारी विजयी बने ।

आईओएमअन्तर्गतको पोखरा नर्सिङ कलेज र आयुर्वेद क्याम्पसमा भने विवादका कारण निर्वाचन हुन सकेको छैन ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ