२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशबैशाख पहिलो सातादेखि पोखरा विश्वविद्यालय शिक्षण अस्पतालले आकस्मिक सेवा सञ्चालन गर्ने

बैशाख पहिलो सातादेखि पोखरा विश्वविद्यालय शिक्षण अस्पतालले आकस्मिक सेवा सञ्चालन गर्ने


पोखरा – पोखरा विश्वविद्यालयले शिक्षण अस्पतालले वि.सं. २०८० सालको पहिलो सातादेखि आकस्मिक सेवा सञ्चालन गर्ने भएको छ । गत भदौंबाट ओपिडी सेवा सञ्चालन गर्दै आएको शिक्षण अस्पतालले बैशाखको पहिलो सातादेखि आकस्मिक सेवा सुरु गर्न लागेको हो ।

पोखरा विश्वविद्यालय शिक्षण अस्पतालका निर्देशक डा. दीपेन्द्रकुमार यादवले अस्पताल सञ्चालनका लागि जनशक्ति व्यवस्थापन भइसकेको र आवश्यक फर्निचर तथा उपकरणको यथेष्ट व्यवस्थापन गरी बैशाख पहिलो सातादेखि आकस्मिक सेवा सञ्चालनको तयारी गरिएको बताए ।

पोविविले १ सय बेड क्षमताको शिक्षण अस्पताल सञ्चालन प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ । जसका लागि पोविवि प्राज्ञिक भवन कम्प्लेक्सको पूर्वपट्टि  ११ रोपनी जग्गामा भवन निर्माण भइसकेको छ ।

पोविवि शिक्षण अस्पतालको मुख्य भवनमा प्याथोलोजी ल्याब, रेडियोलोजी ल्याब, ओपिडी कक्ष, आकस्मिक कक्ष र जनरल वार्ड, माइनर ओटी कक्ष र फार्मेसी रहने छन् । पहिलो तलामा जनरल वार्ड, आइसियु कक्ष, माइनर ओटी, मेजर ओटी रहनेछन् । अस्पतालले प्रि अपरेटिभ कक्ष, पोस्ट अपरेटिभ कक्ष, सिङ्गल बेड क्याबिन फिजियोथेरापी कक्ष, मर्मत सम्भार कक्ष, लन्ड्री र क्यान्टिनसमेत रहने जना विश्वविद्यालयका सूचना अधिकारी लोकप्रसाद ढकालले बताए ।

पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान संकायका डिन डा. अमर नागिलाले शिक्षण अस्पताल सञ्चालनको सम्पूर्ण प्रक्रियाहरू अन्तिम चरणमा रहेको बताए । उनकाअनुसार सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशका सचिवको संयोजकत्वमा गठित वातावरणीय अध्ययन प्रतिवेदन जाँचबुझसम्बन्धी प्राविधिक समितिलाई विश्वविद्यालयले शिक्षण अस्पतालको वातावरणीय परीक्षण प्रतिवेदन बुझाइसकेको छ ।

‘मन्त्रालयले काम गर्दै गर्नुस् भनेको छ, तर सञ्चालन अनुमति पत्र पाएपछि १ सय शय्याको अस्पतालका रूपमा सर्भिस दिन्छौँ,’ उनले भने । विश्वविद्यालयका इन्जिनियर सुदीप अधिकारीले अस्पताल भवन  निर्माण सकिएर रंगरोगनको अन्तिम चरणको काम हुँदै गरेको छ ।


क्याटेगोरी : गण्डकी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ