२०८१ साउन १, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारक्षयरोग मुक्त नेपाल राष्ट्रिय अभियान ७५३ स्थानीय तहमा विस्तार गरिनेछ : प्रधानमन्त्री

क्षयरोग मुक्त नेपाल राष्ट्रिय अभियान ७५३ स्थानीय तहमा विस्तार गरिनेछ : प्रधानमन्त्री


काठमाडौं—प्रधानमन्त्री पुष्पकमल दाहालले क्षयरोगमुक्त नेपाल राष्ट्रिय अभियान ७५३ वटै स्थानीय तहमा विस्तार गरिने बताएका छन् । विश्व क्षयरोग दिवसका अवसरमा दिएको शुभकामना सन्देशमा दाहालले अहिले २५ वटा स्थानीय तहमा यो अभियान लागु भएकाले आगामी वर्षमा थप १०० वटा स्थानीय तहमा यो अभियान विस्तार गरिने बताए ।

‘राष्ट्रिय रुपमा क्षयरोग मुक्त नेपाल अभियानका लागि आवश्यक नीति, रणनीति तथा योजना बनाई स्थानीय सरकारको नेतृत्व र स्वामित्वमा २० वटा स्थानीय तहमा आर्थिक वर्ष २०७८/७९ बाट कार्यन्वयनमा आइसकेको छ,’ दाहालले भनेका छन्, ‘यस अभियानलाई आगामी वर्षमा थप १०० स्थानीय तह र ४ वर्षभित्रमा ७५३ वटै स्थानीय तहहरुमा विस्तार गरिनेछ ।’ प्रधानमन्त्रीले यो अभियानलाई आवश्यक पर्ने स्रोत र साधन व्यवस्थापन गर्न पनि नेपाल सरकार तयार रहेको उल्लेख गरेका छन् ।

उनले अविकसित र अल्पविकसित देशहरुमा क्षयरोग जनस्वास्थ्य समस्याका रुपमा रहेको बताउँदैं राष्ट्रिय/अन्तर्राष्ट्रियस्तरमा क्षयरोग अन्त्यका लागि गरिएका प्रतिवद्धता पूरा गर्न कटिवद्ध जनाएका छन् ।

प्रधानमन्त्री दाहालले क्षयरोगबाट कसैको पनि अकालमा मृत्यु नहोस भनेर कामना समेत गरेका छन् । ‘भविष्यमा यस रोगबाट कसैको पनि अकालमा मृत्यु नहोस् भन्ने कामना गर्दछु,’ उनले भनेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ