२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशसुर्खेतका गाईबस्तुमा अज्ञात रोगको संक्रमण देखियो

सुर्खेतका गाईबस्तुमा अज्ञात रोगको संक्रमण देखियो


सुर्खेत – सुर्खेतको गुर्भाकोट नगरपालिकामा गाईबस्तुहरूमा अज्ञात रोग देखा परेको छ । नगरपालिकाका भित्रका १४ वटै वडामा गाई बस्तुमा अज्ञात रोग देखिएको हो ।

बिरामी गाई-गोरुको छालामा फोका देखिने, घाटीको माला सुनिने, नाइटो मुनिको भागहरू सुनिने, १०५ डिग्रीभन्दा बढी ज्वरो आउने श्वासप्रश्वासमा समस्या हुने, नाक मुखबाट पिप जस्तो बाक्लो सिँगान बग्ने र अण्डकोष घाँटी सुनिने लक्षण देखिएको गुर्भाकोट नगरपालिकाको पशु शाखाले जनाएको छ ।

बिरामी भएका गाई गोरुलाई बधुवा गरी अलग्गै बाँध्न सुझाव गुर्भाकोट नगर पशु शाखा प्रमुख ओमप्रकाश ओलीले बताए । ‘लम्पी स्किन रोग जस्तै लक्षण देखिएको छ । रोग पुष्टि हुन नसकेको छैन ।’ उनले भने,‘रोगको परीक्षणका लागि स्याम्पल काठमाडौँमा पठाईएको छ ।’

केही दिनमा रिपोर्ट आएपछि उपचारतर्फ नगरपालिकाले कदम चाल्ने नगरपालिकाको पशु शाखाले जनाएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ