२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशपोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एन्जिओप्लास्टी सेवा नियमित

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एन्जिओप्लास्टी सेवा नियमित


पोखरा – पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराले मुटु सम्बन्धी उपचार एन्जिओप्लास्टी सेवा नियमित गरेको छ । एक वर्ष अघिदेखि मुटुको चेक जाँच गर्ने क्याथ ल्याब सेवा सञ्चालन गरेको अस्पतालले मुटुको रक्तनलीको चेक जाँच एन्जिओग्राफी गरेको थियो ।

अस्पतालका निर्देशक प्रा.डा. भरतबहादुर खत्रीले अस्पतालमा १ महिनाअघिबाट हार्ट अट्याक्ट भएर मुटुको गम्भीर समस्या भएका बिरामीहरुको मुटुको रक्तनलीमा जाली राख्ने एन्जिओप्लास्टी सफलतापूर्वक सुचारु भएको जनाएका छन् ।

अस्पतालमा मुटु रोग विशेषज्ञ चिकित्सकहरु डा. विश्वराज बराल, डा. मनोज कोइराला, डा. सुमन अधिकारी, डा.आशीष त्रिपाठी र डा. कमल कुमालसहितको टोलीले सेवा दिएको छ । निर्देशक खत्रीले हार्ट अट्याक्ट भएका लगायत मुटुका बिरामीलाई निर्धक्क भएर सेवा लिनसमेत आग्रह गरेका छन् । निर्देशक प्राडा खत्रीले विशेषज्ञ डाक्टरहरुले मुट रोगको उपचारमा पु¥याएको योगदानप्रति खुसी व्यक्त गरेका छन् ।

निर्देशक प्रा.डा. खत्रीले भने,‘पहिले नियमित सेवा सञ्चालनमा थिएन, कहिलेकाहीँ मात्रै हुन्थ्यो, अब नियमित रुपमा हप्तामा दुई दिन एन्जिओप्लास्टि गर्ने योजना बनाएका छौं । लगभग हप्तामा ४ जनाको एन्जिओप्लास्टि गर्न सकिन्छ ।’

एन्जिओग्राफीका लागि योजना भएपनि अहिले गर्न सकिने अवस्था नभएको उनले बताए । उनले भने, ‘कार्डियोभास्कुलर सर्जन १ जना टिचिङबाट आउनुभएको छ, पहिले रगतको नसा चुँडिएको जोड्न काठमाडौं नै जानुपथ्र्यो । अहिले यहीँ गर्न सकिन्छ । ओपन हार्ट सर्जरी चाहिँ गर्न सकिने अवस्था छैन ।’


क्याटेगोरी : गण्डकी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ