२०८३ असोज १९, सोमबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ रास्वपाका सांसद डा. ढाकाकुमार श्रेष्ठको पद रिक्त

रास्वपाका सांसद डा. ढाकाकुमार श्रेष्ठको पद रिक्त


काठमाडौं—राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कारवाही गरेका सांसद डा. ढाकाकुमार श्रेष्ठको सांसद पद रिक्त भएको छ । मंगलबार सभामुख देवराज घिमिरेले औपचारिक रुपमा संसदलाई डा. श्रेष्ठको पद रिक्त रहेको जानकारी गराएका हु्न् ।

सभामुख घिमिरेले राजनीतिक दल सम्बन्धी ऐन,२०७३ को दफा ३४ (१) बमोजिम दलबाट निष्काशन गरिएको जानकारी सदनलाई जानकारी गराएका थिए । यससँगै स्वतन्त्र पार्टीबाट समानुपतिक सांसद बनेका डा. श्रेष्ठ पदमुक्त भएका छन् ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग मन्त्री बन्नका लागि रकम बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि उनी विवादमा तानिएका थिए । त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीले उनलाई कारवाही गरेको थियो ।

डा. श्रेष्ठ पदमुक्त भएसँगै रास्वपाबाट अर्को समानुपातिक सांसद चयन गर्ने बाटो खुलेको छ । यसअघि कतिपयले रास्वपाले उनलाई पदमुक्त गर्ने प्रक्रिया नै नपुगेको बताइरहेका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ