२०८१ साउन २, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यमन्त्री बस्नेत भन्छन्, ‘राजनीतिकर्मी र कर्मचारी सुध्रिए देश बन्छ’

स्वास्थ्यमन्त्री बस्नेत भन्छन्, ‘राजनीतिकर्मी र कर्मचारी सुध्रिए देश बन्छ’


काठमाडौं—नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले राजनीतिकर्मी र कर्मचारी सुध्रिएमा देश बन्ने बताएका छन् । बिहीबार पदभार ग्रहणपछि संवाददाताहरुसँगको अन्तक्रियामा उनले सो कुरा बताएका हुन् ।

२२ वर्षअघि पनि स्वास्थ्य राज्यमन्त्रीका रुपमा स्वास्थ्य मन्त्रालय आएका उनले स्वास्थ्यमा २२ वर्षअघि र अहिलेको जनशक्ति एउटै भएको बताए । ‘२२ वर्ष पहिले र अहिलेको जनशक्ति एउटै छ,’ उनले भने, ‘राम्रो काम गर्न धेरै मान्छे चाहिन्छ भन्ने होइन् ।’ जनशक्ति बढाउनका लागि कोभिड, भूकम्प, युक्रेनलगायत कारण आर्थिक मन्दीको अवस्थामा रहेकाले त्यो नि हेर्नुपर्ने बताए ।

कोभिड—१९ तथा अन्य सरुवा रोग प्रकोप बढ्दै गइरहेको भन्दैं उनले चिन्ता प्रकट गरे । मन्त्री बस्नेतले पहिले स्वास्थ्यलाई त्यति महत्व नदिएको स्मरण गर्दै अहिले महत्व बढेको उल्लेख छ । उनले स्वास्थ्य जनताको अधिकार भएको उल्लेख गर्दै सबैले जनताको पक्षमा काम गर्नुपर्नेमा जोड दिए ।

बस्नेतले क्रियाशील हुने बानी बसाउन समेत आग्रह गरे । ‘सामान्य मानिसले उपचार खर्च बेहोर्न सक्ने अवस्था छैन। १ घण्टा आफ्ना लागि दिउ, शारीरिक कसरत गरौं,’ उनले भने । मन्त्री बस्नेतले देशको विशिष्ट अवस्थामा विशेष प्रकारले खट्न आग्रह गर्दै विगतमा भएका कमी कमजोरी सच्चाउन सकिने तर गल्ती गर्न नहुनेमा जोड दिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ