२०८१ जेठ ३१, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचितवन मेडिकल कलेजमा बिडिएस अध्ययनरत २४ वर्षीया छात्राको शंकास्पद मृत्यु

चितवन मेडिकल कलेजमा बिडिएस अध्ययनरत २४ वर्षीया छात्राको शंकास्पद मृत्यु


चितवन—चितवन मेडिकल कलेजमा एक जना छात्राको शंकास्पद मृत्यु भएको छ । मंगलबार कलेजमा बिडिएस चौथो वर्षमा अध्ययनरत २४ वर्षीया सिम्रन थापा ओमशान्ति चोकस्थित डेरामा झुण्डिएको अवस्थामा मृत भेटिएकी हुन् ।

चितवन प्रहरीका प्रमुख रामेश्वर कार्कीले प्रहरीलाई साढे १ बजे घटनाबारेमा खबर आएको जानकारी दिए । ‘अहिले हामीले घटनाबारे थप अनुसन्धान गरिरहेका छौं,’ उनले भने ।

आन्दोलनमा सहभागी डा. मान्यता थापाकाअनुसार मंगलबार १० बजेबाट कलेजको आन्तरिक परीक्षा सुरु भएको थियो । उक्त परीक्षा सहभागी सिम्रनको उत्तरपुस्तिका परीक्षा हलमा बसेका शिक्षकले ११ बजे थुतिदिएपछि उनी कोठामा फर्किएकी थिइन् ।

‘११ बजे पेपर थुतिएपछि उनी आफनो ओमशान्ति चोकस्थित डेरामा गइछन्,’ उनले भनिन्, ‘१ बजे परीक्षा सकेर रुममेट साथी फर्किदा उनी कोठामा झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।’ डा. थापाले मानसिक यातना दिएर विद्यार्थीलाई यो अवस्था पु¥याउनेलाई कारवाहीको माग गर्दै आफूहरु आन्दोलनमा रहेको बताइन् ।

पाल्पा रामपुर स्थायी ठेगाना भएर पोखरा बस्ने सिम्रन चितवन मेडिकल कलेज बिडिएस अन्तिम वर्षमा अध्ययनरत थिइन् । विद्यार्थीहरुले आन्तरिक परीक्षा दिइरहेका बेला परीक्षा हलबाट परीक्षामा सम्मिलित शिक्षकले जबरजस्ती यातना दिएर निकालेपछि उनको आत्महत्या गरेको भन्दैं आन्दोलन सुरु गरेका छन् ।

‘बिडिएस चौथो वर्ष पहिलो फेजकी विद्यार्थी सिम्रन थापाले आन्तरिक परीक्षा दिइरहेका बेला परीक्षा हलबाट सो परीक्षामा सम्मिलित शिक्षकले जबरजस्ती मानसिक तनाव दिई निकालेको र ततपश्चात उनले आफ्नै कोठामा गएर आत्महत्या गरेको हुँदा छानविन गरी दोषीलाई कडाभन्दा कडा कारवाहीको माग गर्दछौं,’ विद्यार्थी संघर्ष समिति चितवन मेडिकल कलेजले जारी गरेको विज्ञप्तिमा छ ।

विद्यार्थीहरुले मेडिकल कलेजको ओपीडी सेवा अनिश्चितकालका लागि बन्द गरेका छन् । उनीहरुले पीडितले न्याय नपाएसम्म आन्दोलन जारी रहने घोषणा गरेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ