२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यमन्त्री बस्नेतको नेतृत्वमा ६ जनाको टोली जेनेभा जाँदैं

स्वास्थ्यमन्त्री बस्नेतको नेतृत्वमा ६ जनाको टोली जेनेभा जाँदैं

डब्लूएचओको दक्षिण एसियाली क्षेत्रीय निर्देशकमा लबिइङ मुख्य एजेण्डा


काठमाडौं—स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत नेतृत्वमा ६ सदस्सीय टोली जेनेभा जादैंछ । शुक्रबार मन्त्री बस्नेतसहितको ६ जनाको टोली ७६ वल्र्ड हेल्थ एसेम्बलीमा सहभागी हुन जान लागेको हो ।

स्वीटरजरल्याण्डको जेनेभामा ७ देखि १८ जेठसम्म ७६ वल्र्ड हेल्थ एसेम्बली हुँदैंछ । एसेम्बलीमा मन्त्री बस्नेतसँगै अतिरिक्त स्वास्थ्य सचिव विकास देवकोटासहितको टिम जानेछ ।

सो क्रममा मन्त्री बस्नेतको प्रमुख एजेण्डा आगामी सेप्टेम्बरमा हुन गइरहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को दक्षिण पूर्वी एसियाली देशहरुको क्षेत्रीय निर्देशकको निर्वाचन हो । जुन निर्वाचनमा नेपालले विश्व क्षेत्रीय निर्देशकका लागि उम्मेदवारी दिने घोषणा गरिसकेको छ ।

क्षेत्रीय निर्देशकका लागि नेपालको तर्फबाट विश्व स्वास्थ्य संगठनको केन्द्रीय कार्यलय कार्यरत नेपाली डा. शम्भु आचार्यलाई उम्मेदवार बनाउने निर्णय सरकारले यसअघि नै गरिसकेको छ । मन्त्री बस्नेतले जेनेभामा रहँदा आचार्यको पक्षमा लबिइङ पनि गर्नेछन् ।

क्षेत्रीय निर्देशकका लागि नेपालबाहेक बंगलादेशले पनि आफ्नो दावी पेश गरिसकेको छ । बंगलादेश सरकारले त्यहाँको प्रधानमन्त्रीकी छोरी साइमा वाजेदलाई उम्मेदवार बनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ