२०८१ जेठ ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारगेटा अस्पतालमा हुनेछन् ४७ नर्ससहित १४० जना कर्मचारी

गेटा अस्पतालमा हुनेछन् ४७ नर्ससहित १४० जना कर्मचारी

यस्तो छ गेटा अस्पतालको संगठन संरचना


काठमाडौं—सुदूरपश्चिम प्रदेशकै स्वास्थ्यमा गेमचेन्जर प्रोजेक्ट मानिएको गेटा मेडिकल कलेजको अस्पताल संचालनको तयारी अगाडि बढिरहेको छ । स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने कि स्वास्थ्य विज्ञान प्रतिष्ठान बन्ने विषयमा विवाद जेलिरहेका बेला गेटा अस्पताल संचालन अगाडि बढाउनका लागि ४७ जना नर्ससहित १ सय ४० जनाको दरबन्दी संरचना स्वीकृत भएको छ ।

दरबन्दी पास भएसँगै कर्मचारी भर्ना प्रक्रिया अगाडि बढाउन बाटो समेत खुलेको छ । गेटाको स्वीकृत दरबन्दी संरचनाअनुसार अस्पतालको प्रमुखमा ११ औं तहको प्रमुख कन्सल्ट्यान्ट एक जना रहेछन् । पाँच वटा शाखाहरुमा विभिन्न इकाईहरु बनाएर अस्पतालको दरबन्दी संरचना बनाइएको छ । जसमा मेडिकल शाखा, चिकित्सा शाखा, स्त्री तथा प्रसुति रोग शाखा, प्रशासन शाखा, सपोर्ट सर्विस शाखा रहेका छन् ।

मेडिकल शाखाअन्तर्गत जनरल मेडिकल, आकस्मिक सेवा इकाई, नर्सिङ इकाई रहेका छन् । जनरल मेडिकल इकाईमा वरिष्ठ कन्सल्ट्यान्ट फिजिसियन ९/१० औैं तह १ जना, वरिष्ठ कन्सल्ट्यान्ट ९/१० औैं तह पेडियाट्रिसियन १ जना, मेडिकल अधिृकत २ जना, हेअ २ जना, इसिजी टेक्नीसियन १ जना, फिजियोथेरापी अधिकृत १ जना र डाइटिसियन १ जनाको गरी १० जनाको दरबन्दी स्वीकृत गरिएको छ ।

आकस्मिक सेवा इकाईमा जहेस ९/१० औं तह एक जना, मेडिकल अधिकृत ५ जना र हेल्थ असिस्टेन्ट ४ जना गरी १० जनाको रहनेछन् । नर्सिङ इकाईमा नर्सिङ अधिकृत १ जना, मिडवाइफ्री ४ जना, स्टाफ नर्स ४० जना, काउन्सलर नर्स २ जना गरी ४७ जनाको दरबन्दी सिर्जना गरिएको छ ।

शल्य चिकित्सा शाखाअन्तर्गत रहने शल्यचिकित्सा इकाईमा ९/१० औं तहको वरिष्ठ कन्सल्ट्यान्ट सर्जन १ जना, वरिष्ठ अर्थोपेडिक्स सर्जन १ जना, वरिष्ठ कन्सल्ट्यान्ट एनेस्थेसियालोजिष्ट १ जना, ८ औं तहको मेडिकल अधिकृत ३ जना, एनेस्थेसिया सहायक २ जना, ओटी टेक्नीसियन १ जना, हेअ २ जना गरी ११ जनाको दरबन्दी पास भएको छ ।

स्त्री तथा प्रसुति रोग शाखाको स्त्री तथा प्रसुति इकाईमा ९/१० औं तहको १ जना वरिष्ठ गाइनोकोलोजिष्ट, २ जना मेडिकल अधिकृत र १ जना हेअ रहेछन् ।

प्रशासन शाखाअन्तर्गत प्रशासन र आर्थिक प्रशासन गरी दुई इकाईमा ३९ जनाको दरबन्दी कायम गरिएको छ । जसमध्ये प्रशासनमा ३७ जना कर्मचारीको दरबन्दी कायम गरिएको छ । यसैगरी, आर्थिक प्रशासन इकाईमा लेखा अधिकृत १ जना र लेखापाल १ जना गरी २ जना कर्मचारी हुनेछन् ।

सपोर्ट सर्विस शाखाअन्तर्गत प्रयोगशाला, रेडियोलोजी, फार्मेसी, सर्विलियन्स एण्ड अनुसन्धान, बायोमेडिकल इन्जिनिरिङ इकाई बनाइएको छ । ती सबै एकाईहरुमा १९ जनाको दरबन्दी स्वीकृत भएको छ । जसमध्ये प्रयोगशाला ईकाईमा ५ जना, रेडियोलोजी इकाईमा ६ जना, फार्मेसी इकाईमा ४ जना, सर्विलियन्स एण्ड अनुसन्धान इकाईमा २ जना र बायोमेडिकल इन्जिनियरिङ इकाईमा २ जना कर्मचारी रहनेछन् ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ