२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशगुटेरेसको सुरक्षामा खटिएका ढुंगानाको लेक लागेर निधन

गुटेरेसको सुरक्षामा खटिएका ढुंगानाको लेक लागेर निधन


पोखरा– संयुक्त राष्ट्र संघका महासचिव एन्टिनियो गुटेरेसको सुरक्षामा अन्नपूर्ण बेस क्याम्पमा खटिएका सहायक प्रहरी निरीक्षक टीकाराम ढुंगानाको बुधबार बिहान निधन भएको छ ।

अन्नपूर्ण ११ घान्द्रुकमा कार्यरत सप्रनि ढुंगानालाई लेक लागेपछि उपचारका लागि पोखरा ल्याइएकोमा अस्पतालले बिहान करिब पौने १० बजे निधन भएको पुष्टि गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवणकुमार विकले जानकारी दिए ।

पर्वतको मोदी गाउँपालिका ६ का ढुंगाना ३ प्रहरी र ११ जना सैनिकसहित गुटेरेसको सुरक्षामा खटिएका थिए ।


क्याटेगोरी : गण्डकी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ